२०७९ आश्विन २२
  • काठमाडौँ

जसले सुडानमा खेती गरेको देखेर नेपाल भित्र्याए ‘ब्ल्याक कर्न’, देशभर खेती फैलाउन बाँड्दैछन् बीउ

नेपालीलाई कालो मकै (ब्ल्याक कर्न) नौलो लाग्न सक्छ । सेताे र पहेँलो मकैको खेती गर्दै आएका नेपाली कृषकलाई नौलो लाग्नु स्वभाविक पनि हो ।

तर, अब भने नौलो मान्नु पर्ने अवस्था छैन । नेपालकै विभिन्न भू-भागमा थोरै भए पनि खेती हुन थालेको छ ।

विशेषगरी, दक्षिण अमेरिकी देशहरुमा व्यावसायिक खेती हुने ब्ल्याक कर्न नेपाल भित्र्याएका हुन्, २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश भएका पूर्व एसपी ठाकुरप्रसाद त्रिपाठीले ।

उनले शान्ति मिसन प्रहरी पर्यवेक्षकको रुपमा सुडान जाँदा त्यहाँ खेती गरेको देखेपछि नेपालमा भित्र्याउने योजना बनाएका थिए ।

पछि साथीले त्यहीँबाट कुरियर गरेर नेपालमा ब्ल्याक कर्नको बीउ पठाएको उनी सुनाउँछन् । हाल उनले आफ्नाे घरकाे कौसीमा ब्ल्याक कर्न रोपेका छन् भने देशभरका कृषकलाई बीउ उपलब्ध गराउने अभियानमा लागि परेका छन् ।

यो एक विशेष प्रजातिको मकै हो । याे मकैमा कालो रंगद्रव्य भएकाले, यसका दाना कालो रङ्गको हुन्छ ।

ब्ल्याक कर्न’ को पौष्टिक मात्र साधारण मकैभन्दा उच्च भएकाले यो विशेष रहेको पूर्व एसपी त्रिपाठी बताउँछन् । स्वादको हिसाबले

कालो मकैमा हुने चिनीको मात्रा ११.९५ प्रतिशत हुन्छ, जुन साधारण मकैभन्दा ३ गुणा धेरै हो ।कामकै दौरान सुडान, युगोस्लाभियाको कोसोबो लगायतका थुप्रै देश पुगेका उनी नेपाल भौगोलीक रुपमा पूर्ण रहेको बताउँछन् ।

आधा भूभाग मरुभूमि रहँदा त सुडानका मानिसहरुले बाह्रै महिना खेती गरेर खान सकेका छन्, कोसोबोमा ६ महिना हिउँले भरिन्छ त्यहाँ पनि १२ महिना उत्पादन हुन्छ,’

त्रिपाठीले चाणक्य पोष्टसँग भने ‘नेपाल त सबै कुराले भरिपूर्ण छ ।’

२०७८ पुष १०, शनिबार ००:३६ 1 Minute 168 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।