२०७९ आश्विन २१
  • काठमाडौँ

गुगललाई उछिन्दै टिकटक बन्‍यो दुनियाँकै सबैभन्दा लोकप्रिय वेबसाइट [ उत्कृट १० को सूचीसहित ]

काठमाडौ । अति छोटो समयमा टिकटकले विश्व रेकर्ड कायम गरेको छ ।

सर्वाधिक चर्चामा रहेको ‘गुगल’ लाई उछिन्दै टिकटक विश्व नम्बर वान भएको छ ।

सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम हटेको छ ।

क्लाउडफ्लेयर नामक कम्पनीका अनुसार यसअघि शीर्षस्थानमा रहँदै आएको गुगलको स्थान टिकटकले लिएको छ ।

भारतसहित केही मुलुकमा टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। तर, बाइट डान्सको स्वामित्वमा रहेको टिकटकले विश्वभर मासिक एक अर्ब मानिसले आफ्नो एप प्रयोग गर्ने दाबी गरेको छ ।

योसँगै गुगल लोकप्रिय वेबसाइटको सूचीको दोस्रो स्थानमा झरेको छ । त्यस्तै, हालै नाम परिवर्तन गरेर मेटा राखेको फेसबुक सूचीको तेस्रो स्थानमा छ । माइक्रोसफ्ट चौथो, एप्पल पाँचौं र अमेजन छैटौं स्थानमा छन् ।

सातौं स्थानमा नेटफ्लिक्स, आठौं स्थानमा युट्युब, नवौं स्थानमा ट्विटर र दशौं स्थानमा ह्वाट्सएप छन् ।

२०७८ पुष ९, शुक्रबार १६:२८ 0 Minutes 202 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।