२०७९ आश्विन २१
  • काठमाडौँ

ओहो ! स्टेज नपाएर बाहिरै नाचेर भाइरल भएका यी बालकको घरपुग्दा यस्तो रुवा वासी (भिडियो हेर्नुस्)

गुल्मी जिल्ला घुवाचिटी भन्ने ठाउँका सन्जु केही समय अघि बाट सामाजिक संजालमा निकै भाइरल बनेका छन । गुल्मीमा भएको एक कार्यक्रम हेर्न पुगेका उनी त्याहा नृत्य हेर्दै गर्दा बजेको गितमा उनी नाचिरहेको देखिन्छ ।

पछाडीबाट कसैले खिचेको उक्त भिडियो निकै भाइरल बनेको छ अहिले समाजिक संजालमा । उनले उक्त कार्यक्रममा भाग लिएका भने होइनन । कार्यक्रम हेर्न गएका उनी बाहिर नच्ने क्रममा उनी जस्तै कार्यक्रम हेर्न गएका कसैले पछाडीबाट सन्जुले थाहा नपाउने गरि उक्त भिडियो खिचेका थिए ।

त्यसरी भाइरल बनेका सन्जु आफू पनि उक्त कार्यक्रममा गएर आयोजकहरुसगँ नृत्य देखाउने बताएको तर पैसा नतिरी जान नपाउने भनी आफुलाई जवाफ दिएको बताउँछन । आर्थिक कमजोर भएका सन्जुले पैसा तिर्न त्यहा सकेनन । तर उनको प्रतिभा भने स्टेज बाहिर नै हिट भयो ।

स्टेजमा गित बजे पछि आफू बाहिर नाच्दै हेरेको उनले बताए । त्यही बेला कसैले उनको भिडियो खिचेको उनलाई पनि थाहा रहेनछ । त्यसरी एकाएक भाईरल बनेका सन्जुको खोजी अहिले सामाजिक संजालमा निकै हुन थालेको छ ।

आर्थिक अवस्था कमजोर भएकोले सन्जुलाई पढाउन नसकेको उनकी आमाले बताईन । परिवारमा सन्जु, उनका भाइ, बाबुआमा र हजुरआमा रहेका छन । घरको आर्थिक अवस्था कै कारण सन्जु १२ बर्षको सानै उमेर देखि घरको ईन्डिया गई काम गर्दै आएको उनकी आमा बताउँछिन ।

घरको आर्थिक अवस्था कमजोर भएकोले आफुहरुले पढ्न नपाएको सन्जु बताउँछन । चाहाना भएता पनि पढाउन सक्ने अवस्था घरमा नभएकोले आफू काम गर्न जानू पर्ने सन्जुको भनाई छ ।

सन्जुको बुवाको पनि आँखाको दुई पल्ट अप्रेसन गर्नु परेकोले स्वास्थ्य अवस्था कमजोर भएकाले काम गर्न सक्ने अवस्था छैन । सन्जुकी हजुरआमाका अनुसार सन्जु सानै देखि चन्चके स्वभावका थिए । उनी पहिले देखि नै नाच्न खुब मन पराउने गरेको उनले बताईन ।

प्रतिभा भएर पनि कतै ठाउँ नपाएको सन्जुको परिवारको बुझाई छ । आर्थिक कारण नै सन्जुले आफ्नो प्रतिभा अनुसारको ठाउँ नपाएको उनिहरुको भनाई थियो । अझ केही सिक्न सके सन्जुले धेरै राम्रो गर्न सक्ने उनको परिवारको बुझाई छ ।

आर्थिक अवस्था कमजोर भएका सन्जुको परिवारलाई अहिले सहयोगी दाताहरुले सहयोग रकम मिडिया मार्फत पठाएका छन । उनले उक्त रकमले न्यानो कपडा किनेर लगाएका छन । आफुलाई आफ्नो प्रतिभा देखाउने अवसर मिले केही गरेर देखाउने सन्जु बताउँछन ।

आफू मोडल भन्ने चाहाना भएको सन्जुले बताएका छन । तर आफ्नो आर्थिक अवस्थाले त्यो स्थानसम्म पुग्न नसक्ने उनको भनाई छ । आफू आफ्नो प्रतिभा कुनै पैसा नतिरी देखाउन पाउने ठाउँको खोजिमा रहेको पनि उनले बताए ।

भिडियो हेर्नुस:-

२०७८ पुष ९, शुक्रबार ०९:३० 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।