२०७९ आश्विन १८
  • काठमाडौँ

श्रीमान् बोल्न नसक्ने लाटो भनेर श्रीमतीले नै छोडेर गइन्,(भिडियो हेर्नुहोस्)

पाँचथर घर भएका अर्जुन कामको शिलशिलामा परिवार सहित चितवन बस्दै आएका थिए । चितवनको भरतपुरमा मजदुरि गर्दै आएकि उनकी श्रीमती सरिता पाख्रीङ अहिले अर्कैसगँ फरार भएकी छिन ।

श्रीमान अर्जुनका अनुसार उनिहरु चितवन मै मजदुरि गर्दै आएका थिए । श्रीमती सरिता भरतपुर मै मजदुरी गर्दै आएका एक ब्याक्तिसगँ गएको अर्जुनले मिडियामा बताएका छन । अहिले आफ्नो एक छोरा पनि भएको र सधै छोराले आमा खोजिरहने भएकोले आफू छोराकै लागि पनि श्रीमती खोज्दै हिडेको उनले बताए ।

५ वर्षको उमेरमा नै प्यारालाइसिस भएर राम्रो सग बोल्न नसक्ने अर्जुनले सरितासगँ प्रेम बिबाह गरेका थिए । बिबाह गरेकी करिव ९ वर्ष पछि अहिले सरिता अर्कैसगँ गएको भन्दै अर्जुन खोजीका लागि सहयोग गरिदिन भन्दै रुदै मिडियामा आएका छन । अहिले सानो छोराले सधै आमा खोजिरहेको उनको भनाई छ । आफ्नो माया नभएता पनि छोराको लागि भए पनि फर्केर आउन अर्जुनले श्रीमती सरितालाई मिडिया मार्फत आग्रह गरेका छन ।

आफू यसरि राम्रोसगँ बोल्न नसक्ने, काम गर्न पनि नसक्ने भएकै कारण श्रीमतिले छाडेर गएको हुनसक्ने उनको भनाई छ । आफू चितवनबाट गाउँ पाचथर गएको बेला श्रीमती अर्कैसगँ हिडेको उनको भनाई छ । श्रीमतिलाई सधै एक ब्याक्तिले काममा ल्याउने लाने गर्ने ब्याक्तिसगँ नै अहिले श्रीमती गएको हुन सक्ने अर्जुनले बताएका छन । आफू गाउँ गएको बेला श्रीमतिले आफुलाई चितवन नआउनु भन्दै फोन गर्ने गरेको उनको भनाई छ । यदि चितवन आए आफू छोडेर हिड्ने पनि फोनमा बताएको अर्जुनको भनाई छ ।

अर्जुनका मामाले भने सरिता घरमा सासू ससुरासगँ सधै झगडा गरिरहने बताए । घरमा त्यही झगडाकै कारण उनिहरु चितवनको भरतपुर महानगरपालिका ११ कुमारी चोकमा बस्दै आएका थिए । अर्जुनका बुबा आमा भने घरमा

सानो ब्यावसाय गरि बस्दै आएका छन । अर्जुनका अनुसार सरिता ती फरार हुने ब्याक्ति दुबै जना मजदुरी गर्ने गरेको बुझिएको बताए । उनिहरुको काम गर्ने ठाउँ फरक भएता पनि सरितालाई ल्याउने लाने तिनै ब्याक्तिले गर्ने गरेको उनको भनाई छ ।

अहिले आफुहरुले उनिहरुलाई काम लगाउने ठेकेदारसगँ पनि उनिहरुको बारेमा बुझ्दा केही पत्तो नलागेको उनले बताए । ठेकेदारले ती ब्याक्ती बस्ने स्थान देखाएता पनि त्यहा गएर बुझ्दा उनिहरु नभेटिएको अर्जुनका मामाको भनाई छ ।

सरितालाई लिएर फरार भएको भनिएको ब्याक्ती तनहुँ जिल्लाको रहेक्क बुझिएको छ । तनहुँ जिल्लाको सुर्केसरी गाउपालिकाको सुजन भुजेल भन्ने बुझिएको उनको भनाई छ । आफुहरुले अहिले प्रहरिमा पनि उजुरी गरेको उनले बताए ।

त्यहाँ गएर ठेक्दार सँग बुझी उसले दिएको लोकेसनमा गएर बुज्दा पनि पत्ता लगाउँन सकिएन र अहिले पुलिस चौकिमा निवेदन दिएको छ । हराउने केटिको नाम सरिता पाख्रीङ रहेको छ । लग्ने केटाको घर तनहुँ जिल्ला सुर्केसोरी गाउँ पालिक माथी टोटके गाउँको सुजन भुजेलले लगेको बताएको छन । (भिडियो हेर्नुस) न्युज पोस्ट बाट साभार

२०७८ पुष ९, शुक्रबार ०७:०२ 0 Minutes 215 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।