२०७९ आश्विन २२
  • काठमाडौँ

भेटिईन्- अर्की चियावाली। २३ बर्षकी हिरोईन जस्तै राम्री, व्याचलर पढ्दैछिन्, चिया बेचेर महिनाकै २ लाख कमाउँछिन (भिडियो सहित)

उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्छिन्, दिउँसो कलेज पढ्छिन् । उनको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उनी कोठाबाट बेच्न निस्किन्छिन् । उनले

यसरी चिया बेच्न थालेको १ बर्ष भयो । त्रिचन्द्र कलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँछिन् र १ लाख जोगाउँछिन् । आफ्नो भाई पढाउन र आफु पढ्न उनी राजधानीमा मेहेनत गरिरहेकी छिन् ।

काम सानो ठुलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोकेकी सरिता धेरै युवाहरुका लागि प्रेरणा बनेकी छिन् । असन र त्यस वरीपरी उनलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उनको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उनलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको बताईन् ।

४ बर्ष अगाडि काठमाडौं आएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढिन् । बिस्तारै उनको परिवारलाई उनी र उनको भाईलाई पढाउन गाहे हुदै गएको सरिताले देखिन् । कृषक बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उनी चिया बेच्न थालिन् ।

त्यसअघि उनले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देखेकी थिइन् । बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहेकी सरिताले भाषा कक्षा छोडिन् र चिया बेच्न थालिन् । उनको चियालाई धेरैले मिठो मानेर खान्छन् ।

दिनमै ४०० कप चिया बेच्ने उनले सुरुको दिन भने ४ सय रुपैंया कमाएकी थिईन् । चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफुलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उनले सुनाईन् । सुन्दरी चियावालीसँग शिशिर भण्डारीको कुराकानी हेर्नुस भिडियो मा

२०७८ पुष ८, बिहीबार १८:२५ 0 Minutes 355 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।