२०७९ आश्विन २१
  • काठमाडौँ

हाइपर फण्डवालाको दारु पार्टी’करिव ३ घण्टा चलेको रात्रिभोजमा ८० हजार खर्च

काठमाडौं । हाल नेपालमा हाइपर फण्ड ग्लोबल, जोसियल, सीआरयू, विन्टर, क्राउड वान, सोलेम्याक्स, प्रिन्ट विस जस्ता प्लेटफर्म गैरकानूनी ढंगले तिब्र रुपले संचालनमा आइरहेका छन् ।

छोटो समयमै रकम दुइगुणा हुने, कामै नगरी ‘पेसिभ इन्कम’ आम्दानी आउने जस्ता प्रलोभन देखाउँदै यी विभिन्न गैरकानूनी नेटवर्किङमा आब,द्ध व्यक्तिहरुले आम सर्वसाधारणबाट पैसा बाटुलने काम गरिरहेका छन्।

यी मध्य सबैभन्दा धेरै र विश्वभरका विभिन्न देशले प्रतिबन्ध लगाएको हाइपर फण्ड ग्लोबल नेपालमा खुबै चलेको पाइएको छ। नेपालमा समेत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न व्यक्ति तथा कम्पनीहरुले गैरकानूनी रुपमा अनलाइनको माध्यमबाट नेटवर्किङ शैलीमा व्यवसाय संचालन गरी ठ गी गरेको पाइएको भन्दै यसतर्फ सचेत रहन आ,ग्रह गरेको गरिसकेको छ ।

विभागले सूचना जारी गर्दै विभिन्न व्यक्ति तथा कम्पनीहरुले नेटवर्किङ शैलीमा व्यवसाय सञ्चालन गरी नेपाल तथा विदेशमा रहेका नेपालीहरुलाई त्यसमा आव,द्ध गराइ ठगी गरेको तथा पुँजी पलायन गरेको गुनासो तथा उजीरीहरु विभागमा परेको भन्दै त्यसतर्फ सचेत रहन आ,ग्रह गरेको हो ।

विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले स्वदेश तथा विदेशमै पनि सोजासाझा नेपालीहरुलाई यस्ता व्यवसायमा आवद्ध गराइ ठगी गर्ने गरेको पाइएको बताए ।

‘नेपाली उपभोक्ताको कमजोर चेतनास्तरको फाइदा उठाउँदै स्वदेश तथा विदेशमै पनि यसरी नेटवर्किङ व्यवसायमा फसाउने गरेको पाइएको छ, विदेशमा भएकाहरुले विदेशमै र नेपालमा भएकाहरुले नेपालमै यस्ता धन्दा चलाएर ठगी गर्नेहरुप्रति सचेत रहनुहोला’, प्रवक्ता सेढाईंले भने

यस्तो ठ’गी ध’न्दा’मा संलग्नलाई कानून बमोजिम कडा भन्दा कडा का,रबाही हुनेछ ।’ हाइपर फण्ड ग्लोबल, जोएकोल, सीआरयू, विन्टर, क्राउड वन, सोलेम्याक्स, पोइन्ट विस लगायतका स्वदेशी तथा विदेशी कम्पनीहरुले यस्तो काम गरिरहेको विभागद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

एजेन्टहरुको मोज मस्ती एक महिना अघि दाङको घोराहीमा एक युवाले आर्थिक क्षेत्रमा क्रियाशील केही व्यक्तिहरुलाई राखेर रात्रिभोज गरे । उनले रात्रिभोजको सबै खर्च व्यहोरे । करीव ३ घण्टा चलेको रात्रिभोजको खर्च ८० हजार आयो ।

होटलले थमाएको बिलको भोज आयोजना गर्ने युवाले तिरे । ३ घण्टामा केही युवाहरु बसेर खाएको बील ८० हजार तिरेका ती युवाहरुको आर्थिक हैसियत केही महिना अघिसम्म थिएन ।

एकाएक उनी कसरी यसरी फर्माईस गर्ने भए भन्ने धेरैले मुखामुख थाले । उनले त्यहाँ भेला गराएर सबैलाई दिएको पार्टीको मुख्य योजना भनेको आफ्नो प्लान सुनाउने र आफ्नो प्लानमा आवद्ध गराउनु थियो ।

नगद लगानी गरेर छोटो समयमा धेरै पैसा कमाउन सकिने योजना सुनाउँदै ती युवाले हाईपर फण्डमा लगानी गर्न आ,ग्रह गरे । अनि थाहा भयो, उनी हाईपर फण्डवाला रहेछन् । केही समय अघिसम्म सामान्य अवस्थामा रहेका ती युवालाई पनि यस्तै कार्यक्रममा सहभागी भएर आवद्ध हुने

अवसर जुरेको बताए । अहिले उनले मासिक रुपमा मोटो रकम कमाउने गरेको उपस्थितहरुलाई सुनाए । यति भनि सकेपछि त्यहाँ रहेका धेरैले लगानी गरेर पैसा कमाउने ईच्छा व्यक्त गरे । असोजको पहिलो हप्ता घोराही ८ दुन्द्रामा एक कार्यक्रममा

सहभागी भएको बेला एक जनाले हाईपर फण्डको कुरा उठाए । उनले आफुले १ लाख लगानी गरेको सुनाउँदै राम्रो प्रतिफल पाईरहेको जनाए । नारायणपुरका एक जनाले १२ लाख एक्लै लगानी गरेर लगानी पनि उठाईसकेको र अहिले मासिक ८० हजार कमाई रहेको जानकारी गराए । बजारका धेरै जसोले हाईपर फण्डमा लगानी गरेर बसेका खोजका क्रममा पाईएको छ

घोराहीको एक सामुदायिक विद्यालयमा पढाउने शिक्षकले पनि धेरै शिक्षकहरुलाई यही अभियानमा जोड्दै लगेर महिनामै धेरै कमिशन खाने गरेको बुझिएको छ । हाईपर फण्डमा आवद्ध गराउँदा आफुलाई पनि राम्रो कमिशन आउने भएपछि लगानी कर्ता खोज्दै धमाधम पैसा कमाउने होड चलेको छ ।

तर, यो काम सबै गुपचुपमै चलेको छ । समुदायमा गएर अदृश्य रुपमा अध्ययन गर्ने हो भने शायदै कोही होला हाईपर फण्डमा लगानी नगरेको । छोटो समयमा मोटो रकम कमाउने लोभले मानिसहरु अहिले बैंकमा राखेको पैसा पनि झिक्दै हाईपर फण्डमा लगानी गरिरहेका छन् ।

हाईपर फण्डमा लागनी गर्नेहरुको गतिविधी बुझ्ने प्रयासमा चालेको अभियानले सबै मिटिङ नेटवर्किङ शैलीमा गर्ने गरेको पनि पाईएको छ । कसरी सरकारी नियम छलेर लगानी गर्ने, कसरी पैसा कमाउने, कसरी सञ्जाल विस्तार गर्ने र कमाएको पैसा कसरी वैध बाटो

छलेर नेपाल ल्याउने विषयमा के,न्द्रित देखिन्छ । नेपालभित्रै र प्रवासमा रहेका सयौं नेपाली लगानी अहिले हाईपर फण्डको चंगुलमा परेको देखिन्छ । लगानी गरिसकेका, गर्न खुट्टा उचालेका र लगानी गरेर धेरथोर प्रतिफल चाखिसकेकाहरू हाईपर फण्डमा मात्रै आकर्षित छैनन्,

यस्तै भर्चुअल शैलीका जोसियल, सोलेम्याक्स, क्राउड वान, सीआरयू, विन्टर जस्ता दर्जनभन्दा बढी प्लेटफर्मतर्फ तानिरहेका छन् । पछिल्लो समय अन्य प्लेटफर्मभन्दा हाइपर फन्डमा आकर्षित हुने नेपालीको संख्या बढिरहेको छ ।

डलरमा लगानी गर्नुपर्ने भए पनि नेपालभित्रै र प्रवासमा रहेका नेपालीमाझ यसको आकर्षण बढ्दो छ । मुनाफाको कुनै कानुनी ग्यारेन्टी नभएको यस्तो अवैध खेलमा धेरै नेपाली फस्ने जोखिम भने उच्च छ । देशमा बैंकिङ तरलता बढेर जाँदा पनि यस विषयमा भने राज्य पक्षका तर्फबाट गम्भीरतापूर्वक छानबीन भएको देखिदैन ।

त्यसले पनि ठूला लागनी कर्ताहरु पनि यसमा आवद्ध भएको हुन सक्ने आशंका गरिएको छ । दाङमा पनि यो संख्या निकै धेरै पुगि सकेको छ । चिया पसल चोक, चौतारो, धारो, गाउँठाउँमा पनि अहिले हाईपर फण्डको चर्चा चल्ने गरेपनि प्र,हरी प्रशासनले भने यस विषयमा अनभिज्ञता प्रकट गरेको छ

हाईपर फन्डलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विभिन्न देशका सरकारले, अर्बपतिहरूले, तीन ठूला कम्पनी ब्लकचेन ग्लोबल, कोलिन स्टार र एचक्यास र ६ विभिन्न विश्वविद्यालयले सहयोग पुर्याइरहेको देखिन्छ ।

करीव २ महिनाको अध्ययनले ३० करोडभन्दा धेरै सदस्यता रहेको हाइपर फन्डमा सदस्य बनेर लगानी गरेपछि आफ्नो डिजिटल प्रोफाइलमा हरेक दिन नाफा देखिने गरेको पाएको छ त्यस्तो नाफालाई बैंक खातामा सार्न सकिन्छ ।

स्वदेशमै रहेकाहरूले पनि यस्तै खालका अनेकन भर्चुअल प्लेटफर्ममा डलर लगानी गरेर सदस्यता बनिरहेका छन् । हाईपर फण्डमा जिल्लामा रहेका उद्योग वाणिज्य संघको नेतृत्वमा रहेकाहरुको पनि लगानी रहेको गाइँगुइँ सुनिन थालेको छ ।

हाईपर फण्ड भनेर सर्च गरियो भने दर्जनौं फेसबुक पेज र प्रोफाइल मात्रै खुल्दैनन्, यसमा लगानी गर्न प्रोत्साहित गरिएका कैयौं भिडियो सामग्री युट्युबमा भेटिन्छन् । कानुनले अवैध भने पनि हाइपर फन्ड जस्ता प्लेटफर्ममा डलरमा लगानी गर्ने क्रम व्यापक बन्दै गइरहेको छ ।

यस्तो व्यापकताले सरकारले अवैध भने पनि दसौं हजार नेपालीको लगानी जोखिममा छ । यस्ता अवैध अभ्यासले हुन्डीको कारोबार फस्टाउने, कालोधनको ओसारपसार सजिलो हुने र क्राउड वानले अफ्रिका महादेशका दसौं हजारलाई फसाइदिएकै शैलीमा नेपालीको लगानी डुब्ने खतरा पनि उत्तिकै छ ।

नेपाली बैंक वा ईसेवा, खल्ती अथवा कनेक्ट आईपीएस जस्ता डिजिटल पेमेन्ट सेवा प्रदायकबाट प्याक्सफुल डटकमका एजेन्टको नेपाली खातामा रकम हालिदिएपछि उसले उक्त रकम बराबरको डलर प्याक्सफुल डटकमको खातामा देखाइदिन्छ । त्यसबाट सोझै हाइपर फन्ड जस्ता माध्यममा लगानी गर्न अथवा बिनेन्स जस्ता क्रिप्टोकरेन्सीको कारोबारमा सघाउने साइटमा डलर सारेर क्रिप्टोकरेन्सी किन्न सकिन्छ ।

हाईपर फण्डका विषयमा जिल्ला प्रहरी कार्यालय दाङमा बुझ्दा प्रहरीले यो विषयमा आफु अनभिज्ञ रहेको प्रतिक्रिया दिएको छ । जिल्लामा यस प्रकारको कुनै पनि गतिविधि भएको सम्बन्धी गुनासो वा उजुरी नपरेका तथा केन्द्रबाट पनि कुनै सर्कुलर जारी नभएको बताएको छ ।

जिल्ला प्र,हरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जिल्लामा हाइपर फण्ड सम्बन्धमा आफुहरु जानकार नरहेको प्रतिक्रिया दिए । यो विषय बारे आफुले अब के रहेछ भनेर अनसन्धान अघि बढाउने बताउनुभयो ।

यसअघि लटरी चिट्ठा परेको भनेर अवैध धन्दा गर्नेहरुलाई मात्रै नियन्त्रणमा लिएको अवगत गराउँदै समाजबाट कोही व्यक्ति आफु पीडित भएँ भनेर नआउँदासम्म सबै यथार्थ जानकारी दिन कठिन हुने उनको भनाई थियो । ‘समाजमा हुने सबै कुरा सार्वजनिक नहुँदासम्म हरेक व्यक्तिको बारेमा जानकारी लिन नसकिने हुन्छ ।

मानिस सजिलो गरी मुनाफा कमाउन खोज्दा यस्ता अवैध बाटोमा फस्छन् आशा गरौँ ढिलो चाँडो यथार्थता बाहिर आउला,’ डिसपी रिजालले भने । बैंकहरुमा अहिले तरलता बढेर गएको छ । बैंकिङ तरलता अभावका कारण निक्षेप प्रसस्त संकलन हुन छाडेपछि ऋण लगानी समेत रुकेको अवस्था छ ।

नेपाल बैंक लिमिटेड घोराही शाखा प्रमुख सरोज उपाध्यायले निक्षेप संकलन औसतमा भएपनि टार्गेट अनुसार हुन नसकेको बताए । यस्तै अवस्था घोराहीस्थित एनआईसी एशियाका शाखा प्रमुख प्रदिप भुसालको भनाई छ ।

नियमित डिपोजिट गर्ने र निकाल्ने क्रम चलिरहन्छ तर यसको बृहत अध्ययनबाट मात्रै थाहा हुने हो रकम कुन ढंगबाट परिचालन भईरहेको छ भनेर । यो राष्ट्र बैंकको अध्ययनको विषय भएको उहाँको प्रतिक्रिया थियो ।

अहिले बैंकहरुले सिधै कोही कसैलाई ऋण प्रवाह नगरे पनि ओडी खाता भएकाहरुलाई सहजै ऋण थप्ने काम गरिरहेका छन् । उसो त बैंकमा निक्षेप संकलनमा आएको गिरावटले बैंकको ब्याज दर पनि दोहोरो अंक बनाउँदै प्रचार गरेको पाईन्छ ।

जिल्लामा अहिले सबै बैंकहरुले ऋण लगानी गर्न आनाकानी गरिरहेका छन् । निक्षेप संकलनमा गिरावट आएसँगै यसको असर लगानी बजारमा परेको छ । सबै लगानी हाईपर फण्ड जस्तै अवैध कारोबारमा मानिस आकर्षित भएपछि बैंक तथा वित्तिय क्षेत्रमा प्रभाव पर्न थालेको छ ।

बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजीको अभाव गहिरिँदै गएको छ दसैंपछि बैंकहरुले तरलता अभाव भएपछि कर्जा लगानी नै रोकेका छन् । नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो साताको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपात सीडी रेसियो औसतमा नै करिब ९० प्रतिशतको हाराहारीमा पुगेको छ ।

नेपाली मुद्राको निक्षेप केही मात्रै गायब भए पनि बैंकिङ प्रणालीबाट १६ अर्ब विदेशी मुद्राको निक्षेप गायब भएको छ । असोज मसान्तमा १ खर्ब ५१ अर्ब रहेको विदेशी मुद्राको निक्षेप कात्तिक महिनामा २ खर्वमा सीमित भएको छ ।

भदौ अन्तिमतिर बैंकहरुले विदेशी मुद्राको न’क्क’ली निक्षेप सिर्जना गर्न लागेपछि राष्ट्र बैंकले परिपत्र जारी गरेर त्यसलाई नियन्त्रण गरेको थियो । निक्षेप वृद्धि नहुने हो भने कर्जा दिने सक्ने अवस्था नरहेको बैंकर्सहरु बताउँछन् । रासस

२०७८ पुष ७, बुधबार १८:३६ 1 Minute 449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।