२०७९ आश्विन १८
  • काठमाडौँ

बलात्कृत राउटे युवतीको पहिचान खुलाएका पत्रकारलाई कैद सजाय

काठमाडौं, ६ पुस । बलात्कृत राउटे युवतीको पहिचान खुलाएर समाचार प्रकाशन गर्ने पत्रकार कारबाहीमा परेका छन् ।

जेठ २१ गते बलात्कृत भएकी राउटे समुदायकी युवतीको पहिचान गराउने पत्रकार एग्गेबहादुर बुढामगरलाई सुर्खेत अदालतले ५ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

मगर राप्ती पहिचान डटकम अनलाइनका सञ्चालक समेत हुन् । उनले अनलाईनमा युवतीको पहिचान खुल्ने गरी फोटो र नाम प्रकाशन गरेका थिए ।

युवतिमाथि जबर्जस्ती गर्ने चमन घर्ती, भुपेन्द्र बुढा र विनोद पुनलाई यसअघिको फैसलाबाट कारागार चलान गरिएको छ ।

त्यस्तै डडेल्धुरा, पुस ६ । डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार साँझ जिल्लाको अमरगढी नगरपालिका

–५ तुफानडाँडास्थित अस्पताल रोडमा सुपप ०१००२ ट ५९८५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा अजयमेरु गाउँपालिका–१ बस्ने २० वर्षीय सुरेश पार्की घाइते भएका थिए।

घाइते भएपछि उपचारका लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

२०७८ पुष ६, मंगलवार २२:५७ 0 Minutes 165 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।