२०७९ आश्विन २२
  • काठमाडौँ

राष्ट्रपति भण्डारीकी सम्धिनी किरण यादव कांग्रेस केन्द्रीय सदस्यमा पराजित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी किरण यादव नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यमा उम्मेदवार बने पनि पराजित भएकी छन् ।

शेखर कोइराला प्यानलबाट महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बनेकी उनी पराजित भएकी हुन् ।

मधेसी महिलातर्फ केन्द्रीय सदस्यका लागि चार जनाले उम्मेदवारी दिएका थिए । सभापति शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुन सफल भएकी छन् ।

यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।

पूर्वराष्ट्रपति तथा काँग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण भने केन्द्रीय सदस्यमा पर्न असफल भइन् । उनी आगामी ४ वर्ष कांग्रेस केन्द्रीय समिति बाहिर रहने छिन् । स्रोत न्युज24

२०७८ पुष ६, मंगलवार १४:१८ 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।