२०७९ आश्विन १४
  • काठमाडौँ

उपप्रधानमन्त्रीमाथि यौन शोषणको आरोप लगाउने टेनिस स्टारले अचानक बयान फेरिन्

काठमाडौं। चीनकी टेनिस खेलाडी पेंग शुआइले चीनका पूर्व उपप्रधानमन्त्री झांग गाओलीमाथि यौ’न शो’ष’ण’को आरोप लगाएकी थिइन् ।

तर, अचानक यो मामिलामा नयाँ मोड आएको छ । आरोप लगाएको करिब १ महिनापछि पेंग शुआइ आफ्नो बयानबाट पछि हटेकी छिन् । पेंग शुआइले अहिले आफूले कहिल्यै पनि आफ्नो यौ’न शो’ष’ण भयो भनेर नभनेको बताएकी छिन् ।

चीनकी टेनिस स्टार शुआइले आइतबार आफूले कहिल्यै कसैमाथि यौ’न शो’ष’ण’को आरोप नलगाएको बताएकी छिन् । उनले आफूले सामाजिक संजालमा गरेको पोस्टलाई गलत तरिकाले लिइएको बताएकी छिन् ।

उनले आफूले फेरि पनि कसैले आफ्नो यौन शोषण नगरेको प्रस्ट पार्न चाहेको बताएकी छिन् । शुआइले केही समय पहिले यौन उत्पीडनसँग सम्बन्धित आरोप लगाएपछि टेनिस जगतमा खल्बली म’च्चि’एको थियो । आरोप लगाएपछि शुआइ करिब ३–४ हप्ता गायब भएकी थिइन् ।

बीबीसीका अनुसार सिंगापुरको चिनियाँ भाषाको अखबारसँग कुरा गर्दै शुआइले यौ’न उ\त्पी’ड’नको आरोप गलत भएको बताइन् । पेंग शुआइले यस विषयमा सार्वजनिक रुपमा बोलेको यो पहिलो पटक हो । यसअघि उनले सामाजिक संजालमार्फत आफ्नो कुरा राखेकी थिइन् ।

पेंग शुआइको यौ’न शो’ष’ण भएको कुरा बाहिर आएपछि महिला टेनिस महासंघले यदि महिला टेनिस खेलाडीहरुसँग यस किसिमको व्यवहार हुने भए चीनमा हुने सबै प्रतियोगिता रद्द गर्ने चेतावनी दिएको थियो । डिसि नेपाल बाट

२०७८ पुष ५, सोमबार २३:५७ 1 Minute 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।