२०७९ आश्विन २२
  • काठमाडौँ

छोरीको साहस – एक्लैले नदीबाट बालुबा बोकेर बनाइन शौचालय

गर्न खोज्नेलाई केही कुराले छेक्दैन भन्ने ज्वलन्त उदाहरण स्वरुप शिवसत्ताक्षी नगरपालिका वडा नं ५ निवासी अशिका राजवंशीले देखाएकी छन् ।

घरको आर्थिक अवस्था निकै कमजोर भएकी तर उमेरले १२ वर्ष नकाटेकी शिवगञ्ज जनआदर्श माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालीका अशिका राजवंशीले हिम्मत गरेर एक्लै नदीबाट बालुवा ल्याएर घरमा शौचालय बनाएकी पछि हेर्ने सवै चकित परेका छन् ।

“चर्पी बनाउनका लागि सम्झाउन आउने दाइ दिदीहरुलाई नै खाडल खन्न लगाएँ”, उनले भनिन्, “मैले खोलाबाट बालुवा बोकेर ल्याएँ, अभियानकर्ता दुर्गा र गणेश दाइले रिङ राख्ने खाडल बनाइदिनुभयो, समुदायको सहयोगमा गरेर चर्पी बन्यो। अशिकासहित अहिले पाँचगाछीका सबै घरमा चर्पी बनेको छ। चर्पीको प्रयोग अनिवार्य गराउन अभियानकर्ताले साँझ बिहान खुल्ला ठाउँमा दिसा हुने स्थानमा गस्ती गरिरहेका छन्।

शिवसत्ताक्षी नगरपालिकामा खुल्ला दिसामुक्त अभियान थालनी भएपछि अशिकालाई चर्पी बनाउने चिन्ताले पिरोलेको थियो।अशिकाले गाउँमा चर्पी बनेको देखेर चर्पी बनाउने अठोट गरी चर्पी बनाउनका लागि उनी आफैँले नदीबाट बालुवा बोकेर ल्याएपछि

अभियानकर्ताले खा’ल्डो ख’नी रिङ बनाउन लगाएर चर्पी बनाएका थिए। यस्तै,,दाङमा मानव अधिकारको अवस्थामा सुधार आउन नसकेको पाइएको छ । ईन्सेक दाङले आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२१ को घटना विवरणको समीक्षा कार्यक्रममा अवस्थामा सुधार आउन नसकेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

गएको एक वर्षमा जिल्लाभरमा भएका विभिन्न आ’पराधिक कार्यसँगै मानव अधिकारका घ’टनालाई सार्वजनिक गर्दै ईन्सेकले सबैभन्दा धेरै बलात्कारजन्य घ’टना भएको जनाइएको छ । गत वर्ष ८९ बला’त्कार घ’टनामा ९२ जना महिला पी’डित भएका थिए भने ५१ जना बालिका रहेका थिए ।

मानव अधिकार सञ्जालका सदस्य चन्द्रराज पन्तको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका प्रतिनिधिले नागरिक अधिकार प्रति सबै सजक र सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

ईन्सेकका प्रतिनिधि जेएन सागरका अनुसार बितेको एक वर्षमा कूल २ सय २२ वटा घ’टना भएको र त्यसमा २ सय ४ जना महिला पी’डित भएका छन् । अर्को तर्फ ३ वर्षदेखि १४ वर्षसम्मका ६० जना बालिका यौनहिंसामा परेका छन् । ती बालिका घर परिवार, आफन्त, छिमेकी र चिनेजानेकैबाट यौन’हिं’सामा परेको ईन्सेकको भनाई छ ।

प्रतिवेदनमा ६९ वटा बलात्कार, २५ वटा ब’लात्कार प्रयास, तीन वटा यौन दुर्व्यवहार, पाँच वटा गैरकानुनी हिरासत, ९० वटा घरेलु हिंसा, चार वटा बन्दहडताल, ६ वटा दुर्व्यवहार, दुई वटा धम्की, बहुविवाह, बो’क्सी आ’रोप र मानव बेचबिखनका एक एकवटा ‘घटना अभिलेखीकरण भएको छ ।

२०७८ पुष ५, सोमबार ०९:५४ 1 Minute 113 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।