२०७९ आश्विन २१
  • काठमाडौँ

काठमाडौंको सिभिल अस्पतालमा प्रचण्डको मृ,त्यु

३ पुस, काठमाडौं । वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको नि,धन भएको छ । केही समयदेखि श्वा,सप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्र,ममा काठमा डौंको सिभिल अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा २ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए ।

शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । शर्माले मल्लको निधनसँगै रंगमञ्चले एक कुशल रंगकर्मी गुमाए को बताए ।

मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन् । त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् ।

उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’, ‘पत्थरको कथा’, ‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन् । बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए ।

स्वर्गीय मल्लकी एक छोरी छिन् । मल्लले बालकृष्ण समसँग रहेर नाट्ययात्रा अघि बढाएका हुन् ।

मल्लले समकै निर्देशनमा अमरसिंह, भीमसेनको अन्त्य, प्रह्लाद, राजेन्द्रलक्ष्मी जस्ता नाटकमा अभिनय गरे । नुवाकोट एक्स्प्रेस बाट साभार।

२०७८ पुष ३, शनिबार १२:४२ 0 Minutes 377 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।