२०७९ आश्विन २२
  • काठमाडौँ

साथी कु’टि’ए\को खबर दिँदा जेल परेका सिपाहीको मुद्दा पेसीमा, होला त पुनर्बहाली?

कंगो मिसनमा रहँदा नेपाली सेनाका तीनजना सहसेनानीले सिपाहीमाथि निर्घात कु’ट’पि’ट गरेको खबर मिडियामा पुर्‍¥याएको आरोपमा ६ महिना जेलसहित बर्खास्तीमा परेका सिपाही सुजन पौडेलको मुद्दामा सैनिक विशेष अदालतले बिहीबार (२०७८ पुस १ गते) का लागि पेसी तोकेको छ।

सामान्यतया ६ महिनाअघि नै मुद्दाको टुंगो लगाउनुपर्ने भए तापनि पौडेलले १० महिनाअघि दिइएको पुनरावदेनमाथि बल्ल अदालतले पेसी तोकेको हो। ‘बिहीबारलाई पेसी तोकिएको छ, थाहा छैन परिणाम के आउँछ तर न्यायको अपेक्षा गरेको छु,’ सिपाही पौडेलले नेपाल समयसँग भने।

२०७७ असोज ९ गते। कंगोमा तैनाथ नेपाली सेनाको ज्वालादल गणका अमल्दार नमराज माझीमाथि तीन सैनिक अधिकृतहरूले निर्मम कुटपिट गरेका थिए। त्यसको भोलिपल्ट माझीको निलडामसहितको तस्बिर मिडियामा छाएको थियो।

त्यसदिन माझीसँगै तीन अमल्दार सन्तोष भुजेल, रामबहादुर पुन मगर, प्रताप बिसुराल र प्युठ जितबहादुर थारूमाथि पनि कुटिपट भएको थियो। तर उनीहरुमाथि भएको कु’ट’पि’ट’को खबर भने गुपचुप पारिएको थियो।

नेपाल समयलाई प्राप्त ‘कोर्ट अफ इन्क्वायरी’को प्रतिवेदन र अदालतको फाइल हेर्दा पिटिएका पाँचै जनाले आफूहरूलाई तत्कालीन गणका तीनजना सह–सेनानी इन्द्रबहादुर थापा, सुवास हुमागाईं र योगेन्द्र धितालले कुटेको बयान दिएका थिए। नमराजले त आफूलाई फुटबल बनाएर हानेको बयान दिएका थिए। तर, तीनैजना सहसेनानीहरुको बयानचाँहि सिपाहीहरूले मादक पदार्थ सेवन गरेर हो–हल्ला गरिरहेको सूचना पाएपछि आफूहरू उनीहरू (नमराजलगायत) भएको स्थानमा पुगेको र उनीहरूलाई ‘सबक’ सिकाउन पिटेको भन्ने छ। ‘कंगो मिसन’ श्रृंखलाका अघिल्ला भागहरूमा हामीले यसबारे विस्तृत चर्चा गरिसकेका छौं।

यो प्रकरणमा त्यतिबेला प्रमुख सेनानी क्षेत्रबहादुर मल्लको अध्यक्षतामा प्रमुख सेनानी निर्मलकुमार श्रेष्ठ र सह-सेनानी सुमन न्यौपाने सदस्य रहेको इन्क्वायरी टोली गठन भएको थियो। तीन अधिकृतको नि’र्घात कु’ट’पि’ट’पछि घाइते अवस्थामा पुगेका नमराजलाई ‘माथिको आदेशविना हुँदैन’ भनेर उपचार गर्न पनि दिइएको थिएन। त्यतिबेला फिल्ड अस्पतालमा कार्यरत थिए, सिपाही सुजन पौडेल।

कु’ट’पि’ट भएको भोलिपल्ट बिहान जब नमराज माझी शरीरमा नि’ल\डा\म\सहित ग’म्भीर अवस्थामा बिरामी वार्डमा पुगे, त्यतिबेला सुजन ड्युटीमै थिए। जब उनले माझीको ‘भाइटल साइन’ परीक्षण गरे, अवस्था जटिल देखेर आत्तिए। तत्काल उनका हाकिम डा. सुमन थापालाई खबर गरे। तर, उनले सुनेको नसुनेझैँ गरे।

‘बिरामीले यस्तो समयसम्म मेरो उपचार भएन, अब म मर्छु होला, मेरो उपचार कसले गर्ला’ भनेर बिलौना गरिरहेको थियो, बिरामीको भाइटल साइन हेर्दा पनि अवस्था जटिल नै देखिन्थ्यो,’ मेडिकल सिपाही सुजन पौडेलले नेपाल समयसँग भनेका छन्, ‘डाक्टरलाई अनुरोध गर्दा पनि सुनुवाइ भएन। कसैले त्यहाँ केही गर्ने नदेखेपछि म आत्तिएँ। मैले थप केही सोचिनँ, शिवाय मानवीयता। बिरामीलाई केही तलमाथि भयो भने सबैलाई समस्या पर्छ भन्ने लाग्यो। त्यसैले बिरामीको छिटो उपचार र उद्धारमा मद्दत पुगोस् भनेर जनआस्था साप्ताहिक र नव जनप्रहार साप्ताहिकलाई खबर पुर्‍याएँ। तर, त्यही मेरा लागि अभिशाप बन्यो।’

त्यसपछि मिडियामा सूचना पुर्‍याएकै कारण सुजन त्यहाँको कालकोठरीमा बन्द भए। पाँच सैनिकलाई कुट्ने सहसेनानी इन्द्रबहादुर थापाले कुनै बेला उनलाई पनि कुटेका थिए, त्यसैले उनलाई थाहा थियो उनी कति ‘सन्काहा’ छन् भन्ने।

र, यही प्रकरणमा त्यतिबेला सेनाले निर्मम कुटाइ खाने नमराज माझीसहित ८ जनालाई प्रतिवादी बनाएको थियो। जसमा कुटपिट गर्ने सहसेनानीहरु इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धिताल त थिए नै, सँगसँगै सेनाको मिडियाको नीतिविपरीत कार्य गरेको भन्दै सिपाहीहरू सुजन पौडेल, प्रदीप नाथ, कृष्णकुमार राई र निरबहादुर लिम्बू पनि प्रतिवादी बनाइए। यसरी जसमाथि नि’र्घात कु’ट’पि’ट गरियो उनीहरूलाई पुनः दोषी करार गरियो।

पौडेलमाथि समाचार मिडियामा पुर्‍याएर सेनाको बदनाम गरेको आरोप लगाइएको थियो। अनि, समाचार प्रकाशित भइसकेपछि उक्त समाचार पूर्वसचिव भीम उपाध्यायको म्यासेन्जरमा पठाएको आरोपमा सिपाही निरबहादुर अभियुक्त बनाइए। त्यस्तै अमल्दार माझीमाथि भएको कुटपिटको फोटो सेनाकै सहकर्मीहरूबीच म्यासेन्जरमा आदानप्रदान गरेको पाइएको आरोप लगाउँदै सिपाही कृष्णकुमार राईमाथि पनि सेनाको मिडिया नीति विपरीत हुने काम गरेको आरोप लगाइएको थियो।

त्यस्तै कुटपिटको खबर मिडियामा पुर्‍याएको आरोपमा सिपाही प्रदीप नाथ पनि कोर्ट मार्सलमा तानिए। मिडियामा खबर आइसकेपछि त्यसलाई सेभ गरेर आफ्नै सहकर्मीबीच आदानप्रदान गरेको तर कसैलाई नपठाएको बयान उनले दिएका थिए। तैपनि पत्याइएन। कान्तिपुर टिभीका पत्रकार रमेश धमलासँग उक्त घटनाबारे म्यासेन्जरमा कुराकानी गरेको आरोप उनीमाथि लागेको थियो। तर, उनले धमलासँग चिनजान भएपनि आफूले केही सूचना नदिएको बयान दिएका थिए।

सिपाही सुजन पौडेलसँग त त्यतिबेला इन्क्वायरी बोर्डले दुई पटक बयान लिएको देखिन्छ, जहाँ उनले एउटै कुरा दोर्‍याएका थिए। जुन कुटपिटको फोटो उनीमार्फत् मिडियामा पुग्यो, त्यो सिपाही सोबित बरालले खिचेका थिए। त्यो पनि डा. सुमनकै आदेशमा।

त्यसपछि हाकिमलाई उन्मुक्ति, सिपाहीलाई जेल…

सैनिक अभियोजन महाशाखाका तर्फबाट प्राड प्रमुख सेनानी साम्ब राज अर्यालले उनीहरुविरुद्ध अभियोग दायर गरेका थिए। त्यसपछि सैनिक अभियोजन महाशाखाका तर्फबाट प्राड प्रमुख सेनानी साम्बराज अर्यालले उनीहरुविरुद्ध अभियोगपत्र दायर गरेका थिए।

त्यसपछि सैनिक मुख्यालयले सहायक रथी दिपेशजंग शाहको अध्यक्षतामा महासेनानी रुपेन्द्र बुढाथोकी, प्रमुख सेनानी भुपेन्द्र गोदार र प्राड प्रमुख सेनानी सम्झना थापा (अर्याल) सदस्य रहेको समरी जनरल सैनिक अदालत गठन गरेको थियो।

धेरैको अपेक्षा थियो- अदालतले कुटपिट गर्ने अधिकृतलाई निर्मम सजाय देला, पीडित अमल्दार र सिपाहीहरुलाई न्याय होला। तर, फैसला अनपेक्षित निस्कियो।

तीन सैनिक अधिकृतले निर्दोष सैनिकहरूमाथि कुटपिट गरेको पुष्टि हुँदाहुँदै उनीहरूलाई सामान्य कारबाही गरेर उन्मुक्ति दिइयो। तर निर्मम कुटाइ खाने माझीदेखि उनको खबर मिडियामा पुर्‍याउने सिपाही सुजन पौडेललाई भने चर्को सजाय दिइयो।

कुटपिट गर्ने अधिकृतलाई जोगाउन गणका तत्कालीन प्रमुख गणपति प्रमुख सेनानी शैलेन्द्र कोइराला सक्रिय थिए। उनले समरी अदालतसामु दिएको बयान हेर्दा पनि त्यो स्पष्ट हुन्छ। उनले बयानकै क्रममा कुटपिट गर्ने अधिकृतको प्रशंसामा भनेका थिए, ‘मिसनबाट बिदा गएका अधिकृतहरू कोभिड–१९ को कारण बिदाबाट फर्कन नपाएका बेला सीमित अधिकृतहरुलाई कामको अत्यधिक चाप भएकाले केही तनाव भएको भएता पनि अधिकृतहरूले मिसनमा ज्यादै सह्रानीय काम गरेका थिए।’

समरी अदालतले पुस १४ गते गरेको फैसलाले कुटपिट गर्ने तीन जना सैनिक अधिकृत थापा, हुमागाई र धिताललाई १ वर्षलाई बढुवा रोक्का गर्ने फैसला गर्‍यो। जबकि उनीहरु करिब ५ वर्षसम्म बढुवा हुने अवस्थामै थिएनन्।

सैनिक श्रोतको दाबी अनुसार बढुवा रोक्का उनीहरुका लागि देखावटी कारवाही मात्रै थियो। त्यसबेला ५१ र ५२ बेसिकका अधिकृतहरू करिब ५ वर्षसम्म बढुवा हुने अवस्था नभएको स्रोत बताउँछ। यद्यपि बढुवा रोक्का भएकै अवस्थामा उनीहरुलाई मेजर हुनुअघि लिनुपर्ने सीसीएसी (कम्पनी कमान्डर एन्ड स्टाफ कोर्स) गर्न सैनिक ‘वार कलेज’ नगरकोट पठाइयो। ‘यो अदालतको आदेशको मर्मविपरीत थियो। तर कसैले केही बोलेन,’ एक सैनिक अधिकृत भन्छन्।

त्यस्तै समरी अदालतले त्यतिबेला मिडिया नीतिविपरीत कार्य गरेको अभियोग लागेको चार सिपाहीमध्ये तीनलाई बढुवा रोक्काको सजाय दियो। तर सिपाही सुजन पौडेललाई भने सैनिक सेवाबाटै बर्खास्त हुने गरी ६ महिना जेल सजाय नै तोकेको थियो। कुटाइ खाने नमराज माझीलाई समेत त्यतिबेला नसिहत दिइएको थियो।

यसरी अदालतले एउटै मुद्दामा त्यतिबेला फरक-फरक फैसला गरेको थियो। फैसला अरु सबैका लागि नरम थियो तर सिपाही पौडेलका हकमा भने ‘साह्रै चर्को’।

सैनिक श्रोतका अनुसार यो चर्को फैसला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाको सिधा दबाबमा भएको थियो। ‘आफ्नो कार्यकालमा यस्तो निर्मम कुटपिटको खबर मिडियामा आएपछि उनले आफ्नै बेइज्जती महसुस गरेका थिए। त्यसैले उनी कुटपिट गर्ने भन्दा पनि कुटपिटको खबर मिडियामा चुहाउने पौडेलसँग बढी रिसाएका थिए। त्यही रिसका कारण पौडेलमाथि चर्को फैसला भयो,’ जंगी अड्डा श्रोतको दाबी छ।

सेनासम्बन्धी मुद्दामा वकालत गर्दै आइरहेका अधिवक्ता अरुण पौड्याल यो फैसला न्यायसंगत नभएको टिप्पणी गर्छन्। उनी भन्छन्, ‘एउटै मुद्दामा एउटै अनुसन्धानबाट एउटै प्रमाणले धेरै प्रतिवादी भएको अवस्थामा एउटै प्रमाणलाई कसैको विरुद्ध चर्को सजाय गर्ने गरी मूल्यांकन गर्ने, कसैको विरुद्ध सामान्य सजाय गरेर प्रमाणको मूल्यांकन गर्नु चाँहि न्यायको एकरुपताको विरुद्धमा हुन्छ। यो त पूर्वाग्रही मूल्यांकन भयो, निष्पक्ष भएन। यस्तो हुनुहुँदैन।’

समरी अदालतले दिएको फैसला अन्यायपूर्ण भएको भन्दै सुजनले पुनरावेदन चढाइसकेका छन्। सैनिक विशेष अदालतमा बिहीबार हुने पेसीले समरी अदालतकै फैसला सदर गर्छ या त्यसलाई चर्को महसुस गर्छ, हेर्न बाँकी छ। नेपाली समय बाट

२०७८ पुष २, शुक्रबार ०८:१२ 1 Minute 173 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।