२०७९ आश्विन २१
  • काठमाडौँ

चोरी गरिरहेको अवस्थामा चार जना प’क्रा’उ

२८ मंसिर, धनगढी । कैलालीमा चोरी गरिरहेको अवस्थामा प्रहरीले चार जनालाई प’क्रा’उ गरेको छ ।

मंगलबार बिहान करीब तीन बजेको समयमा धनगढी उपमहानगरपालिका-१ कैलाली पुल नजिकैको उग्रतारा ट्रेडिङ हाउसमा ताला तोडेर चोरी गरिरहेको अवस्थामा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-१ शान्तिनगरका लोकेन्द्र सिंह सामन्त, उमेश भन्ने आलोक चौधरी, बाजुरा बुढीगंगा नगरपालिका–८ बस्ने विकास नेपाली र धनगढी उपमहानगरपालिका-१ शान्तिनगर बस्ने बिबेक साउद रहेका छन् ।

उनीहरु विरुद्ध चोरी शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अन्लाईन खबर बाट

२०७८ मंसिर २९, बुधबार १२:५५ 1 Minute 416 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।