२०७९ आश्विन १४
  • काठमाडौँ

बेहुलाको पैसावाट ८ लाखको किनमेल त्यसपछि बेहुली फरार…

बेहुलाको पैसावाट ८ लाखको किनमेल त्यसपछि बेहुली फ,रार…!आजकल विवाह भन्दा अघि नै बेहुला बेहुलीले संगै सामान किनमेल गर्ने प्रचलन छ । यस्तै प्रचलनका कारण वेहुलाको पैसावाट ६ लाख रुपैयाको किनमेल र अन्य खर्च २ लाख लिएर वेहुली फ,रार भएकी छन् ।

हुनेवाली बेहुली आफ्नो ६ लाख ख,र्च गराएर सम्पर्क विहिन भएपछि बेहुला प्रहरीको सहयोग लिन पुगेका छन् । यो घ,टना भारत लखनउको हो ।

विवाह सम्बन्धी अनलाईन एप मार्फत उनीहरुको भेट गराइएको थियो । मनोज अग्रवाल नाम गरेका युवकले मेट्रोमोनियल वेबसाइट मार्फत बेहुलीसंग सम्पर्क गरेका थिए ।

आफ्नो विवाहका लागि उनले सादी डट कम भन्ने वेभसाइटमा सबै जानकारी राखेका थिए । १५ अगस्तमा प्रियंका नाम गरेकी युवती उनको सम्पर्कमा आइन् ।

विहारमा स्थायी घर बताएकी ति बेहुलीले आफ्ना बुवा आमाको निधन भइसकेको बताएकी थिइन् । आफ्नो सानीआमासंग दिल्लीमा बसेर पढ्दै गरेको भनेर युवकलाई बताएकी थिइन् ।

युवकको आमाबुवा र प्रियंकाले सानीमा भनेर चिनाएकी महिलासंग उनीहरुको कुराकानी भयो । विवाहको सहमति भयो । आफुले माथिल्लो तहमा पढ्दै गरेको र त्यसका लागि पैसा चाहिएको भन्दै युवतीले मनोजसंग पैसा माग्न थालिन् ।

उनले लगातार पैसा दिइराखे । यसरी उनले हुनेवाली वेहुली भनेर ६ लाख रुपैया दिए । विवाहका लागि भनेर उनीहरुले किनमेल पनि गरे । मनोजले घर बनाउन भनेर जम्मा गरेको पैसा युवतीलाई दिएका थिए ।

विवाहको मिति नजिक आएपछि युवक आफ्नो हुनेवाला श्रीमतीलाई भेट्न लखनउ पुगे । उनले युवती बसेको फ्ल्याटको भाडा पनि आफै तिरे । आफै लगेर प्रियंकालाई २ लाख रुपैयाको किनमेल पनि गरिदिए ।

त्यसपछि प्रियंकाले मनोजलाई आफ्नै फ्ल्याटमा छोडेर आफु हैदरावाद जाने काम परेको छ भन्दै त्यहाँवाट हिडिन् । त्यस पछि सम्पर्कमा नआएको युवकको भनाई छ ।

२०७८ मंसिर २९, बुधबार ०८:१७ 0 Minutes 272 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।