२०७९ श्रावण ३१
  • काठमाडौँ

बाबुराम भट्टराईले भने- प्रतिगमनकारी शक्तिसँग सहकार्य हुँदैन

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली शर्मासँग सहकार्य नहुने बताएका छन्।

शुक्रबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेता भट्टराईले प्रतिगमनकारी शक्ति, लोकतन्त्र, संघीयता र गणतन्त्रविरोधी कुनै शक्तिसँग राजनीतिक सहकार्य नहुनेमा आफूहरू प्रष्ट रहेको बताएका छन्।

संघीयता पक्षधर, लोकतन्त्र पक्षधर र गणतन्त्र पक्षधर शक्तिहरू बीच सहकार्य र समन्वय गरेर मुलुकलाई निकास दिने पक्षमा आफूहरू रहेको भन्दै उनले प्रतिगमनकारी शक्तिसँग एकता र सहकार्य गर्न नसकिने दाबी गरे।

यस्तै अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले समेत अवैधानिक ठहर गरिसकेको अवस्थामा संविधान उल्लंघन गर्ने कार्यकारिणी प्रमुखले आफ्नो पद त्याग्नुपर्ने भन्दै सहयोग गर्न नसकिने बताए।

राज्यले मुलुकमा देखिएका समस्याहरू समाधान गर्नुपर्ने भन्दै ती हाम्रा र सवैको सरोकारका विषय भएको बताए। सरकारलाई हाम्रो समर्थन किन चाहियो र? भन्दै यादवले उल्टै प्रश्न गरे।

संसदीय दल विधान निर्माण गर्ने विषयमा केन्द्रित रहेको बताउँदै यादवले विधान पारित भइसकेपछि दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढ्ने जिकिर गरे।

२०७७ फाल्गुन २९, शनिबार ११:१३ 0 Minutes 101 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।