२०७९ आश्विन २२
  • काठमाडौँ

ब्ल्याक मेल गर्ने एक जना ब्याक्ती प’क्रा’उ

काठमाडौं । सामाजिक सञ्जालमा महिलाको अ’श्लील त’स्बि’र आफन्तलाई पठाई ब्ल्याक मेल गर्ने एक जना भारतीय नागरिकलाई प्रहरीले प’क्रा’उ गरेको छ ।

वैदेशिक रोजगारको क्रममा दुबईको एक कम्पनीमा काम गर्ने आफ्नै महिला साथीलाई न’ग्न त’स्बि’रमा अनुहारको भाग जोडी आफन्तलाई पठाई महिलालाई ज’बर’जस्ती भेट्नका निम्ति ध’म्की दि’ने मोहम्मद सालिमलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतको उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालिमलाई आइतबार काठमाडौं महानगरपालिका वडा नं. १४ कलङ्कीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको बयानमा भनिएको छ ‘बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीलाई न’ग्न त’स्बि’रमा अनुहारको भाग जोडी आफन्तलाई पठाई महिलालाई ज’बर’जस्ती भेट्नको निमित्त ध’म्की दि’ने

भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने वर्ष ३१ को मोहम्मद सालीमलाई मिति २०७८/८/२६ गते अं. १६:०० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ कलंकीबाट पक्राउ गरी विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी दिन ‍७ को म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको ।’

२०७८ मंसिर २९, बुधबार ००:४३ 0 Minutes 125 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।