२०७९ आश्विन २१
  • काठमाडौँ

एउटै कम्पनीमा काम गर्ने नेपाली महिलाको अनुहार नग्न तस्बिरमा जोडेर,आफन्तलाई पठाउने पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

“पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

“पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो ।

२०७८ मंसिर २८, मंगलवार ०८:३३ 0 Minutes 182 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।