२०७९ आश्विन १४
  • काठमाडौँ

दुनियालाई ठग्दै नायीका र उनका परिवारलाई करोडौंको उपहार

एजेन्सी । अरुसंग ठगी गरेर जोडेको पैसा र वस्तु नायीका र उनका परिवारलाई उपहार दिने गरेको खुलेको छ । भारतीय नायीका ज्याकलिन फर्नान्डिसले एक जना नामुद ठ’गवाट उपहार लिने गरेको खुलेको छ ।

उनका परिवारलाई पनि ति ठगी गर्ने ब्यक्तिले उपहार दिने गरेका थिए । भारतको प्रवर्तन निर्देशनालय (इडी) ले हालै २०० करोड भारुको मनी लन्ड्रिङ मामिलामा आफ्नो उ’जुरी दर्ता गरेको छ जसमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको विषयमा ठूलो खुलासा गरेको हो ।

उनले भारतमा चर्चित ठग सुकेश चन्द्रशेखरवाट करोडौ उपहार लिएको खुलेको हो । ति ठगले ज्याकलिनलाई करोडौं भारु पर्ने उपहार दिएका थिए जसमा गुचीको ब्याग, गरगहना, महँगा कपडा, १५ जोडी कानका मुन्द्रा, ५ बिरकिन ब्याग, च्यानल र वाईएसएलको ब्याग, महँगा जुत्ता, सुपर लग्जरी ब्रान्डको ब्रासलेट, चुरा, रोलेक्सजस्ता महँगा घडी समावेश छन् ।

सुकेशले ज्याकलिन फर्नान्डिसलाई फ्रेन्क मुलर राजेर डबियसको घडी उपहारमा दिएका थिए । साथै उनले, यी सबै उपहारको मूल्य ७ करोड भारु भएको पनि बताए । यस्तै सुकेशले ज्याकलिनकी बहिनी जेनीलाई पनि सेतो रङको बीएमडब्ल्यू एक्स फाइभ सिरिज उपहारस्वरुप दिएका थिए जसको मूल्य १ करोड ८० लाख भारु हो । यो कार दिपक रमानीमार्फत् जेनीलाई दिइएको थियो ।

यतिमात्रै होइन सुकेश चन्द्रशेखरले ज्याकलिनमा आमा–बुवाका लागि मसरेती र पोरचे कार बहराइनमा उपलब्ध गराएका थिए । यसका साथै, ज्याकलिनका भाइलाई उनले ५० हजार अमेरिकी डलर अष्ट्रेलियामा प्रदान गरेका थिए । यसका साथै सुकेशले मिनी कुरपदेखि हिराका औंठीसमेत गरी ज्याकलिनलाई थुप्रै उपहार दिएका थिए ।

उता ज्याकलिनले पनि आफ्नो बयानमा आफूलाई सुकेशले थुप्रै उपहार दिएको जसमा गुची, च्यानलका तीनवटा डिजाइनर ब्याग, जिममा लगाउनका लागि दुईवटा गुचीको पोशाक, लुई भिटनका जुत्ता, दुई जोर हिराको झुम्का, पत्थरले बनेका चुरा र हेमिजका दुईवटा चुरा समावेश भएको बताइन् ।

अभिनेत्री ज्याकलिन फर्नान्डेजले आफ्नो बयानमा उनले चन्द्रशेखरलाई शेखर रत्न वेलाको रुपमा चिन्ने गरेको र उनले आफूलाई सन टिभीको मालिकको रुपमा चिनाएको बताइन् । सुकेशले यूएसएमा ज्याकलिनकी बहिनी गेराल्डिन फर्नान्डिजलाई १ लाख ५० हजार अमेरिकी डलर उधारो स्वरुप दिएको पनि बताइन् ।

ज्याकलिनले आफ्नो बयानमा सुकेशले यो ठूलो रकम अनलाइनमार्फत् ट्रान्सफर गरेको बताइन् । सुकेशले अष्ट्रेलियामा ज्याकलिनका भाइ वारेन फर्नान्डिजको बैंकको खातामा १५ लाख पठाएका थिए । ज्याकलिनले बताए अनुसार सुकेश चन्द्रशेखरले सुरेश टपोरियामार्फत् ‘एस्पुएला’ नामक एउटा घोडा पनि खरिद गरिदिएका थिए । ताजाखबर बाट

२०७८ मंसिर २८, मंगलवार ०८:२६ 1 Minute 143 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।