२०७९ आश्विन २१
  • काठमाडौँ

संसारको सबै भन्दा महंगो राँगाकाे नाम नै “भिम” मूल्य ३८ कराेड किन पर्याे हेर्नुहाेस्,

नेपाल एक कृषिप्रधान मुलुक हो । नेपालका धेरै शहरहरूमा कृषि मेला लाग्छ ।

नेपालको जस्तै भारतमा पनि कृषि मेला लाग्छ । यो बीचमा भारतमा हालै लामो समयपछि पुष्करमा कृषि मेला लाग्यो ।

तर त्यहाँ आएका मानिसहरूको ध्यान एक बिशाल राँगोले तान्यो । उक्त राँगोको नाम ‘भीम’हो । त्यो राँगोको मूल्य सुनेर सबै हैरान छन् ।

‘भीम राँगो’ को नाम पहिले पनि तपाईंले सुन्नु वा देख्नु भएको होला, किनभने यसअघि पनि आफ्नो मूल्य र विशेषतालाई लिएर चर्चामा रहेको थियो । भीमको उचाइ करिब ६ फिट र लम्बाइ १४ फिट छ । यति मात्र होइन,उसको तौल १५ सय किलोभन्दा बढी र उमेर सात वर्ष रहेको छ ।

भीमका लागि भारतका विभिन्न राज्यबाट करोडौं रुपैयाँको बोली लागेको छ । तर यो भीममा के खास छ जसकारण मान्छेहरु करोडौंको बोली लगाउन तयार हुन्छन् । त्यसको वी’र्यको पनि बजारमा ठूलो माग छ ।

‘भीम’ नामको यो राँगो भारत, राजस्थान, जोधपुरका जवाहरलाल जाङ्गिडको घरपालुवा जनावर हो । यो शुद्ध मुर्रा भैंसी हो, जसलाई उनले बाल्यकालदेखि हुर्काउँदै आएका छन् । त्यसको वी’र्य किन्न टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् ।

मूल्य तपाईं कसरी पनि अनुमान लगाउन सक्नुहुन्छ भने, यसको दैनिक पालन पोषण खर्च झण्डै ८ हजार र महिनामा करिब २ लाख ४० हजार रुपैयाँ हुन्छ । घोडाभन्दा धेरै उचाई भएको उक्त राँगोको मूल्य निरन्तर बढ्दै गएको छ ।

हालै भीम पुष्कर मेला गएको थियो । त्यहाँ उसलाई हेर्न टाढा टाढाबाट मानिसहरु पुगेका थिए । यस वर्ष भीमको बोली ३८ करोड रुपैयाँ भन्दा धेरै पुगेको मालिक जवाहरलाल जाङ्गिडले जानकारी दिएका छन् ।

यसअघि एक अफगान शेखले भैंसीका लागि ३८ करोड भन्दा धेरैको बोली लगाएका थिए । तर जाङ्गिडले बेच्न मानेनन् । यसअघि भीमका लागि भारु १० करोड र २१ करोड रुपैयाँको बोली लागिसके! एसेन्जी

२०७८ मंसिर २७, सोमबार २२:४३ 0 Minutes 246 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।