२०७९ आश्विन २२
  • काठमाडौँ

मेरिल्याण्डमा भएको दुर्घटनामा उबर चालक म्याग्दीका सुनिल बराइलीको निधन

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा म्याग्दीका सुनिल बराइलीको नि’धन भएको छ । शुक्रबार राती अर्थात् शनिबार विहान सबा १२ बजे भएको दु’र्घटनामा बराइलीको नि’धन भएको मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीले जनाएका छन् ।

वि’प’रि’त दिशाबाट आएको गाडीले सुनिलको गाडीमा ठ’क्क’र दिएको थियो । ठ’क्क’र दिने गाडी एकसय माइल प्रतिघण्टाको हाइस्पीडमा रहेको थियो । ठ’क्क’र दिने गाडी हाकिरहेका व्यक्तिको पनि नि’धन भएको छ भने सुनिलको गाडिमा रहेका अन्य यात्रु घाइते भएका छन् । उबर चालक बराइलीको गाडीमा दुईजना यात्रु रहेका थिए ।

उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । तर अवस्था ग’म्भिर रहेको जनाइएको छ । पो’ष्टमा\र्टम पछि आज दिउसो सुनिलको शव परिवारको स्वीकृति बमोजिम फिनरल होममा राखिएको भण्डारीले जनाएका छन् ।

बराइलीको संस्कारको लागि प्रकिया सुरुभैसकेको छ भने घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । अनाहकमा ज्यान गुमाउन परेको यो घटनाले आफूलाई मर्माहत सगै निकै क्रो’धि’त बनाएको भण्डारीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

सुनिलको भर्खर अमेरिका आएका श्रीमती, छोरा र छोरीलाइ भेटेर घटनाको बारेमा जानकारी गराउनु र सम्झाउनु सबैभन्दा पीडादायी रहेको भण्डारीको भनाई छ । उनको न्यायका लागि आफूले कुनै कसर बाकी नराख्ने भन्दै भण्डारीले परिवारप्रति गहिरो समबेदना र सुनिलको आत्माको चिरशान्तिको कामना गरेका छन् । खसोखास बाट

२०७८ मंसिर २७, सोमबार ०४:३१ 1 Minute 109 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।