२०७९ आश्विन १४
  • काठमाडौँ

बेलायतमा कोभिडका कारण पाँच महिनाभित्र ७५ हजारको मृ’त्यु हुन्छः वैज्ञानिक

एजेन्सी : कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टाभन्दा बढी फैलिएको र त्यसबाट ठूलो मानवीय क्षे’ति हुने बेलायतका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

बेलायतमा पछिल्लो समयमा तीव्र संक्रमण बढेको र यही अवस्था रहेमा आगामी पाँच महिनाभित्र ७५ हजार मानिसको मृत्यु हुन सक्ने लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसियनका वैज्ञानिकले चेतावनी दिएका छन् ।

पछिल्लो २४ घन्टामा बेलायतमा एकै दिन ५८ हजार ५ सय संक्रमित भेटिएका छन् । यो संक्रमण दर जनवरी पछिकै ठूलो हो । संक्रमितमध्ये कति जनलाई ओमिक्रोन देखिएको छ भन्ने बारेमा केही खुलाइएको छैन् ।

वैज्ञानिकहरुका अनुसार अप्रिलको अन्त्यसम्ममा करिव पाँच लाख बेलायती कोभिडजन्य समस्याका कारण अस्पताल भर्ना हुनुपर्नेछ ।

यस्तै भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनको सङ्क्रमण बङ्लादेशमा पनि पुष्टि भएको छ । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार बङ्लादेशमा पनि ओमिक्रोनबाट सङ्क्रमित पहिलो दुई बिरामी भेटिएका छन् ।

स्वास्थ्यमन्त्री जहिद मालेक्युले सङ्क्रमित हुनेमा दुई महिला खेलाडी रहेको जानकारी दिनुभयो । विदेशमा भएको प्रतियोगितामा सहभागी भएर स्वदेश फर्किएको बङ्लादेशका क्रिकेट खेलाडिहरुको समूहका सदस्यहरु सङ्क्रमित भएका हुन् ।

सङ्क्रमित भएका खेलाडि जिम्बाबेबाट केही दिनअघि मात्रै फर्किएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुलाई अहिले ढाकास्थित होटल आइसोलेशनमा राखेर उच्च सतर्कताका साथ उपचार गराइएको पनि अधिकारीहरुले जनाएका छन् । उनीहरुको उपचारमा संलग्न चिकित्सकहरुले उनीहरुको अवस्थास्थिर रहेको जानकारी दिएका छन् ।

डिसेम्बर ११ सम्म सबैभन्दा बढी कोभिड-१९ प्रभावित देशहरूमा सङ्क्रमितको नवीनतम अद्यावधिक

जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एन्ड इन्जिनियरिङले डिसेम्बर ११ सम्ममा सबैभन्दा धेरै कोभिड-१९ प्रभावित देशहरूमा सङ्क्रमितको नवीनतम अद्यावधिकहरू निम्न बमोजिम तयार पारेको छ ।

देश पुष्टि भएका केसहरू
विश्व २६९,१६८,२९२
अमेरिका ४९,८३३,४३९
भारत ३४,६७४,६४३
ब्राजिल २२,१७७,०५९
बेलायत १०,७८०,६१०
रूस ९,७८२,७२३
टर्की ९,००४,९३८
फ्रान्स ८,२१०,१५१
जर्मनी ६,४९६,१४२
इरान ६,१५०,८४३
ताजाखबर बाट

२०७८ मंसिर २६, आईतवार १३:२८ 1 Minute 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।