२०७९ श्रावण २९
  • काठमाडौँ

दिदिलाइ ब’लात्कार गरेको आरोपमा भाइ पक्राउ : किशोरी ८ महिनाको गर्भवती

फागुन २८, सल्यान । सल्यानमा आफ्नै दिदीलाइ ब’लात्कार गरेको आरोपमा १३ वर्षीय भाइलाइ प्रहरीले प’क्राउ गरेको छ । गत साउन महिनामा घरमा दुइ दिदी बहिनी र भाइ एउटै कोठामा सुतेको अवस्थामा घटना भएको बुझिएको छ ।

घटना बारे कसैलाइ केही जानकारी नदिएकी किशोरीले हाल आएर गर्भवती भएको परिवारले थाहा पाएपछि घटना बाहिर आएको हो । हाल उनको ८ महिनाको गर्भ रहेको खुल्न आएको छ ।

घटना बाहिरिएपछि पीडित पक्षले फागुन २६ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका छन् । उनीहरूको चार भाइ बहिनी सहति ६ जना रहेको छ ।

हाल १६ वर्षीया ति किशोरी ८ महिनाको गर्भवती छन् ।

प्रहरीले ब’लात्कार आरोपित बालकलाइ २६ फागुनमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रहेको जनाएको छ । “हामीले घटना बारे थप अनुसन्धान गरी रहेका छौं ।” जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण वलीले भने “अनुसन्धान पुरा भएपछि थप जानकारी दिने छौं ।”

२०७७ फाल्गुन २९, शनिबार ००:३३ 1 Minute 146 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।