२०७९ आश्विन २२
  • काठमाडौँ

काठमाडौंबाट गाउँ जाँदै गरेको बस प`ल्टिँदा एकजनाको मृ`त्यु, २५ जना घा`इते

काठमाडौँ, २६ मंसिर । विवाहको जन्ती लिन काठमाडौंबाट सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको बिन्जेल गाउँ जाँदै गरेको यात्रुवाहक बस शनिबार साँझ माझगाउँमा प`ल्टिँ`दा एकजनाको मृ`त्यु भएको छ । अरु २५ जना घा`इते भएका छन् ।

अरनिको राजमार्गअन्तर्गत कोठे बिन्जेल सडकखण्डमा बा २ ख ५६१४ नम्बरको जुगल यातायातको बस अनियन्त्रित भएर सडकबाट तल ख`सेको हो । जिल्ला प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतका अनुसार बस सडकबाट ७ मिटर तल ख`सेको थियो ।

दुर्घ`टनामा मृ`त्यु हुनेमा बसका चालक बलेफी गापा ६ का ३५ वर्षीय लवाङदोर्जे तामाङ (राजु ) छन्। तामाङ आफैं बसका मालिक पनि हुन् । बसमा सवार २६ जनामध्ये टाउकोमा चो`ट लागेकी एक बलेफी गापा ६ की ६ वर्षीया सुप्रिया भुजेलको अवस्था ग`म्भीर भएपछि काभ्रेको धुलिखेल अस्पतालमा उप`चार भइरहेको छ ।

‘धुलिखेल अस्पताल नै लगिएका २५ घा`इतेमध्ये ८ जना डि`स्चा`र्ज भइसकेका छन्, बाँकीको स्वास्थ्य सुधारोन्मुख भएको पाइएको छ,’ उनले भने । अधिकांश घा`इतेको अनुहार, हातमुख, खुट्टामा चो`ट लागेको छ । न्युज71डेल्ली बाट

२०७८ मंसिर २६, आईतवार ११:१६ 0 Minutes 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।