२०७९ जेष्ठ ५
  • काठमाडौँ

‘आफ्नो पिसाब पिउनेमात्र होइन आँखा–नाक–कानमा समेत हाल्छिन् ५३ वर्षीय महिला’

५३ वर्षकी एक महिलाले आफ्नो पिसाब पिउने बानी परेको र यसको स्वाद उनलाई कुनै स्याम्पेनजस्तो लाग्ने बताएकी छिन् । महिलाले पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन र उनलाई पानी पिउनुभन्दा पिसाब पिउन सजिलो लाग्ने बताएकी छिन् ।

द सनका अनुसार​क्यारी नामकी यी महिला कोलोराडोमा बस्छिन् । महिलाको दाबी अनुसार उनी दिनमा करिब पाँच गिलास आफ्नै पिसाब पिउँछिन् र उनी पछिल्लो चार वर्षदेखि यस्तो गरिरहेकी छिन् ।

यो हिसाबले हेर्ने हो भने महिलाको शरीरमा अहिलेसम्म करिब ३,४०६ लिटर पिसाब गइसकेको छ । टीएलसीको ‘माई स्ट्रेन्ज एक्डिक्सन’ मा महिलाले उनलाई मनतातो पिसाब पिउन मन पर्ने बताइन् र यसले उनलाई शान्ति प्रदान गर्ने बताएकी छिन् ।

क्यारीले भनिन्, ‘पिसाबको गन्ध मेरो खानामा निर्भर हुन्छ । यसको स्वाद पछिल्लो चार वर्षमा मेरा लागि निकै परिवर्तन भएको छ । थुप्रै पटक यो नुनिलो हुन्छ र कतिपटक मलाई यो स्याम्पेनजस्तो लाग्छ । तपाईं शरीरबाट निस्कने थुप्रै कुराको स्वाद चाख्न सक्नुहुन्छ । यस्ता धेरै कुरा छन् जुन मलाई मनपर्दैन किनभने यी स्वादिला हुँदैनन् ।’

चार वर्षअघि आफूलाई मेलानोमा क्यान्सर भएको थाहा भएपछि  केमोथेरापी गर्नुको साटो पिसाब पिउन सुरु गरेको बताइन् । मेलानोमा क्यान्सर एक प्रकारको छालाको क्यान्सर हो । क्यारीले भनिन्, ‘म टुथपेस्टको साटो पनि यसको प्रयोग गर्छु । यसले मेरो दाँतलाई भित्रैदेखि चम्काउँछ । ’ क्यारी आफ्नो आँखा–कानमा यसको थोपा पनि हाल्छिन् र यसलाई कपालको जरामा पनि लगाउँछिन् ।

यद्यपि, क्यारीकी छोरी केसी आफ्नी आमाको स्वास्थ्यको विषयमा अत्यधिक चिन्तित छिन् । केसी भन्छिन्, ‘के यस्तो गर्नु साँच्चै नै मेरी आमाको स्वास्थ्यका लागि राम्रो छ ? मलाई यो कुराले असाध्यै चिन्तामा पार्ने गर्छ ।’

डाक्टरले उनलाई तुरुन्त बायोप्सी गराउन सुझाए । तर क्यारीले पारम्परिक चिकित्सा पद्धतिलाई त्याग्न अस्वीकार गरिन् । क्यारीका अनुसार यो विषयमा उनले जति पनि अध्ययन गरिन्, त्यसअनुसार यदि उनले पिसाब थेरेपी त्यागेको खण्डमा उनको मृत्यु हुनेछ । एजेन्सी

२०७८ मंसिर २६, आईतवार ०७:२९ 0 Minutes 178 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार