२०७९ आश्विन २१
  • काठमाडौँ

दुबई उड्न लागेकी युवती विमानस्थलमा प’क्राउ !

लन्डन : ५वटा सुटकेसमा ठूलो रकम नगद राखेर दुबई उड्न लागेकी एक युवती बेलायतको लण्डनस्थित हिथ्रो विमानस्थलमा प’क्राउ परेकी छिन् ।

ती बेलायती युवतीले ५ वटा सुटकेसमा २ मिलियन ब्रिटिस पाउण्ड (३० करोड नेपाली रुपैयाँ) राखेर लण्डनको हिथ्रो विमानस्थलबाट दुबइ उड्ने प्रयास गरेकी थिइन् ।

२० वर्षकी तारा हान्लोनलाई हिथ्रोमा बोर्डर फोर्सका अधिकारीहरुले पक्राउ गरेको द सनको समाचारमा जनाइएको छ । सुरक्षाकर्मीले उनका लगेजभित्र ठूलो परि’माणमा नगद फेला पारेका छन् ।

यो यस वर्ष यसरी पक्रा’उ गरिएको सबेभन्दा ठूलो रकम हो । हान्लोनलाई मनी लण्ड्रिङको अभियोगमा मु’द्दा चलाइएको छ ।
उनलाई अक्स’ब्रिज मजिस्ट्रे’टको अगाडि उपस्थित गराएर

अनुसन्धानको लागि म्याद थपिएको छ । अदालतले उनलाई नोभेम्बर ५ सम्मको लागिपुलिस हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । त्यसपछि उनलाई इस्लेवर्थ क्राउन कोर्टमा उपस्थित गराइनेछ ।

दो’षी ठ’हर भएको अवस्थामा हान्लोनलाई १४ वर्षसम्मको जेल सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको समाचारमा जनाइएको छ । अध्यागमन नियमन र अदालती मामिला मन्त्री क्रिस फिलिपले भने ‘यो २०२० मा देशबाहिर जान लागिएको सबैभन्दा ठूलो रकम सीज गरिएको हो ।’

२०७८ मंसिर २५, शनिबार २०:१९ 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।