२०७९ आश्विन २१
  • काठमाडौँ

अब भारतबाट आयात हाेइन, नेपालमै उद्याेग खाेलेर बाहिर निर्यात गर्नुपर्छ : जनार्दन शर्मा

काठमाडौ : अर्थमन्त्री जनार्दन शर्माले उत्पादनसँग जोडिएका उद्योगमा वैदेशिक लगानी बढाउनुपर्ने बताउनुभएको छ । काठमाण्डौमा आज बिहीवार भएको फर्मा ट्र्याक्टर सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले नेपालमा उत्पादनमूलक उद्योगमा लगानीको उपयुक्त वातावरण भएकाले विदेशी

व्यवसायीलाई नेपालमा लगानी गर्न आउन आग्रह गर्नुभएको हो । मन्त्री शर्माले भारतमा उत्पादन हुँदै आएको फर्मा ट्र्याक्टर उत्पादक कम्पनीले नेपालमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । उहाँले भारतबाट आयात गर्ने मात्र नभइ नेपालमा नै उद्योग खोलेर

बाहिर निर्यात गर्नुपर्ने बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘नेपालमा भारतको तुलनामा श्रम सस्तो छ, बिजुली भारतको भन्दा १४ रुपैयाँ सस्तो छ, भारतमा उद्योगले प्रति युनिट २० रुपैयाँ तिर्ने गरेका छन् तर नेपालमा उद्योग खोले ६ रुपैयाँ प्रति युनिट बिजुली दिन्छौँ,

उद्योगलाई चाहिने जग्गा लगायत अन्य सबै सुविधासहित आवश्यक कर छुटसमेत सरकारले दिन्छ, फर्मा ट्र्याक्टरले नेपालमा कारखाना खोलेर अन्य देशमा निर्यात गर्न मेरो आग्रह छ । अर्थमन्त्री शर्माले नेपालमा कृषिलाई आधुनिक प्रविधिसँगै जोडेर उत्पादनलाई वृद्धि गर्न आवश्यक

रहेको बताउनुभयो । उहाँले नेपालको हावा, पानी र माटो कृषि उत्पादनका लागि प्रशस्त स्रोतहरू भएको बताउँदै त्यस्ता स्रोतहरू प्रविधिसँग संयोजन गरी उत्पादन वृद्धि गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, ‘अहिले देश आयातमा

परनिर्भर हुँदै आएको छ, अब आयातलाई प्रतिस्थापन गर्ने सरकारको उद्देश्य छ । यदि अब नेपालले आफ्नो उत्पादनलाई वृद्धि गर्न सकेन भने कृषिविना हाम्रो देश र राष्ट्रियता आत्मनिर्भरता सम्पन्नको सपना पूरा गर्न सक्दैनौँ, कृषि पर्यटन र जलविद्युत् हाम्रा उत्पादनका मुख्य

क्षेत्र हुन्, अब हामीले साझा प्रतिबद्धता गरेर जानुपर्ने आवश्यक छ, यो क्षेत्र तत्काल रोजगारी सिर्जना गर्ने क्षेत्र हो त्यसैले यसमा लगानी बढाउनुपर्छ । कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले सार्वजनिक

गरेको फर्मा ट्र्याक्टर युरोपेली प्रविधिको ट्र्याक्टर हो । यसले नेपालमा कृषिमा आधारित समुदायको गुणस्तरमा सुधार हुने र उद्यम उद्यम शीलतामा विकास हुने पनि अर्थमन्त्री शर्माले बताउनुभयो । 

२०७८ मंसिर २५, शनिबार १५:४२ 0 Minutes 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।