
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन काठमाडौँको भृकुटीमण्डप मा आज देखि सुरु भएको छ ।
महाधिवेशनमा भाग लिन देशभरबाट प्रतिनिधिहरू काठमाडौँमा भेला भएका छन् । उनीहरूको खानपानको व्यवस्था पार्टीले नै गरेको छ ।
महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने जिम्मा अनुपम फुड ल्याण्ड र दियालोले पाएको छ । खानामा मासुका विभिन्न परिकारहरू तयार गरिँदैछ ।
एकै छाकमा १४ सय केजी कुखुराको मासु र १४ सय केजी खसीको मासु गरी २८ सय केजी मासुको प्रयोग हुने बताइएको छ ।
खसीको मासु नभएको दिनमा माछाको आइटम पस्किने अनुपमले फुडल्याण्डले जनाएको छ । उद्घाटन सत्र सकिए लगत्तै खानाको मेस खुला हुनेछ । खानाका लागि १२ वटा स्टलको व्यवस्था गरिएको सेफ लक्ष्मण भण्डारीले रातोपाटीलाई जानकारी दिए । रातोपाटी