२०७९ आश्विन २१
  • काठमाडौँ

लन्डन दूतावासमा २४सै घन्टा सेवा दिइन्छ : राजदूत लोकदर्शन रेग्मी

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत लोकदर्शन रेग्मी पदबहाली गरेपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । यहि मार्च १ तारिखबाट नेपाली राजदूतावास लन्डनमा २१ औं राजदूतका रुपमा रेग्मीले पदबहाली गरेका हुन् । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले मंगलबार सांझ राजदूत रेग्मीको स्वागत तथा सम्मानमा आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा रेग्मी पहिलोपटक बेलायतवासी नेपाली समुदायसमक्ष प्रस्तुत भएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै राजदूत रेग्मीले दूतावास कहिल्यै ननिदाउने र नेपाली समुदायको सहकार्यमा आफ्नो जिम्मेवारीलाई नेपाल र नेपालीको हित, विकास, सभ्यता र संस्कृतिको पक्षमा भूगोलको सीमाभन्दा माथि उठेर समर्पित हुने बताए । नेपाली हरुको समस्या समाधानको लागि दूतावासले २४ सै घन्टा सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपालीको हित, विकास, सभ्यता र संस्कृतिको पक्षमा भूगोलको सीमाभन्दा माथि उठेर समर्पित हुने बताउँदै संवेदनशील भएर काम गर्न मेरा दूतावासका कर्मचारीहरुलाई सुझाव दिइसकेको उनले बताए । दूतावासका नीतिगत र व्यवहारिक विषयमा हामी सधैं नेपाली समुदायबाट साथ सल्लाह अपेक्षा गर्दै प्रभावकारी र छिटो छरितो सेवा उपलब्ध गराउन दूतावास सदा तत्पर रहने पनि उनले प्रष्ट पारे । दूतावास र नेपाली समुदायबीचमा पर्ने जुनसुकै कठिनाइलाई पनि एक आपसमा मिलेर समाधान गर्न सकिने र आपसी सहयोगको भावना कायम राखेर अघि बढ्ने बाचा रेग्मीले गरेका छन् । बेलायत र नेपाल सरकार, नेपाली र बेलायती जनताको बहुआयामिक पक्षलाई थप समृद्ध बनाउन कुनै कसर बांकी नराखिने पनि उनले बताए । जहिले पनि नेपाल र नेपालीको दिग्विजयी हुनुपर्ने बताउंदै राजदूत रेग्मीले नेपाल र नेपालीको हित सम्बोधन हुने कार्यमा एनआरएनएबाट सहयोग र सहकार्यमा अघि बढ्ने पनि उनले बताए । आर्थिक विकास र त्यो संग जोडिएका लगानी, पर्यटनसहित विशिष्ट प्रकृतिका विषय सम्बोधन गर्न सहकार्य गरेर निरन्तर लागिरहने प्रण उनले गरे

२०७७ फाल्गुन २६, बुधबार ०५:३१ 0 Minutes 383 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।