२०७९ आश्विन २२
  • काठमाडौँ

नेता गाउँ आउँदा जनताले चोर भन्न थाले, हामीले बाटो विरायौं अब सुध्रनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरुले जनतावाट विश्वास गुमाएको बताएका छन् । उनले गाउँमा नेता जाँदा जनताले चोर सम्झने गरेको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसको महाधिवेशनको उद्घाटन सत्रमा भनाई राख्दै नेता लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेका नेताहरु सच्चिनुपर्ने बताए । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको बताए ।

उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार जस्तो छैन । संसद् संसद्जस्तो छैन अदालत अदालत जस्तो छैन । यो सबैलाई ठिक लगाउने राजनीतिले हो । तर राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताहरूले विश्वास गुमाएको अवस्था छ ।’

जनताले नेतालाई विश्वास गर्न छोडेको भन्दै विश्वास जित्ने काम गर्न पनि सुझाव दिएका छन् । उनले कांग्रेसको महाधिवेशनलाई अवसरको रुपमा लिन पनि भनेका छन् । लिङ्देनले ले भने, ‘गाउँघरमा नेता लगेर कुनै एक ठाउँ वा चौतारोमा राखेर छिमेकीहरू बोलाउन जाँदा गाउँलेले नेताको नाम सम्झिँदैनन् ।

कुनचाहिँ चोर आएछ त्यहाँ भन्छन् । उनले नेपालमा राजसंस्थाको आवश्यकता रहेको कुरा पनि छुटाएनन् । ‘अब देशका राष्ट्र प्रमुखको रूपमा राजसंस्था, जनताले सोझै

निर्वाचित गर्ने प्रधानमन्त्री, पूर्ण समानुपातिक संसद्, सांसदले मन्त्री हुन नपाउने नयाँ व्यवस्था लागु गरेर जाऔँ’, लिङ्देनले भने। उनले काँग्रेसको १४ औँ महाधिवेशनको पूर्ण सफलताको पनि कामना गरे ।

२०७८ मंसिर २५, शनिबार ०७:२६ 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।