२०७९ आश्विन २१
  • काठमाडौँ

बिपिन रावतको मृत्युसँगै चीफ अफ डिफेन्स स्टाफको जिम्मेवारी पाएका यी अधिकारी को हुन् ?

काठमाडौं। भारतका चीफ अफ डिफेन्स स्टाफ बिपिन रावतको मृत्युपछि खाली भएको पद देशको सुरक्षाको हिसाबले सर्वोच्च पद हो । यो पदमा नयाँ सीडीएस नियुक्त गर्नको लागि अझै केही दिनको समय लाग्नेछ ।

रिटायर्ड कर्नल डीपीके पिल्लइका अनुसार यो पद एक दिन पनि खाली रहन सक्दैन । यही नियमअनुसार सीडीएस हेडक्वार्टरमा बिपिन रावतपति दोस्रो बरियतामा रहेका एयर मार्शल बलभद्र राधाकृष्ण कार्यवाहक चीफ अफ डिफेन्स स्टाफ बनेका छन् ।

अब नयाँ सीडीएस नियुक्त हुँदासम्म राधाकृष्णले सीडीएसको जिम्मेवारी सम्हाल्नेछन् । एयर मार्शल बीआर कृष्ण एभीएसएम, एससी भारतीय वायुसेनाका अधिकारी हुन् । उनले अहिले पश्चिमी वायु कमानका एयर अफिसर कमाण्डिङ इन चीफको रुपमा कार्यरत छन् ।

उनले एयरमार्शल विवेकराम चौधरीको अवकाशपछि १ जुलाइ २०२१ मा पदभार ग्रहण गरेका हुन् । यसअघि उनी वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन् । त्यसअघि उनले दक्षिण पश्चिमी वायु कमानका वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका थिए ।

बीआर कृष्ण राष्ट्रिय रक्षा एकेडेमी, रक्षा सेवा स्टाफ कलेज वेलिङटन र राष्ट्रिय रक्षा कलेजका पूर्व छात्र हुन् । बीआर कृष्णले २२ डिसेम्बर १९८३ मा भारतीइ वायु सेनामा लडाकु पाइलटको रुपमा नियुक्ति पाएका थिए ।

उनीसँग परिचालन, निर्देशात्मक र परीक्षण उडान सहित विभिन्न लडाकु विमानमा ५ हजार घण्टा उडानको अनुभव छ । उनी उक योग्य उडान प्रशिक्षक र एक परीक्षण पाइलट हुन् ।

३८ वर्ष लामो करिअरमा उनले फ्रन्ट लाइन लडाकु विमान स्क्याड्रनको कमान सम्हालेका छन् । उनले एयरफोर्स टेस्ट पाइलट स्कुलको पनि नेतृत्व गरेका छन् । उनी एयरक्राफ्ट सिस्टम्स टेस्टिङ एस्टाब्लिसमेन्टमा कमाण्डेन्ट थिए ।

एयर मार्शलको रुपमा उनले दक्षिण पश्चिम वायु कमानको वरिष्ठ वायु कर्मचारी अधिकारीको रुपमा काम गरेका छन् र एयर अफिसर कमाण्डिङ इन चीफका रुपमा आफ्नो पदोन्नतीभन्दा पहिले उनलदे वायु संचालन महानिर्देशकको रुपमा काम गरेका छन् । डिसिनेपाल बाट

२०७८ मंसिर २५, शनिबार ०७:१९ 0 Minutes 229 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।