२०७९ आश्विन १४
  • काठमाडौँ

भूपेन्द्र हत्या आरोपमा ९ जना थुनामा, ३ जना धरौटीमा रिहा

धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–३ का भूपेन्द्र बडुुवालको ह’त्या आरोपमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् भने ३ जना धरौटीमा छुटेका छन् ।

शुक्रबार थुुनछेक बहसपछि जिल्ला अदालत कैलालीले हत्या अ’भि’यो’ग’मा प,क्राउ परेका १२ मध्ये ९ जनालाई पुुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अदालतको आदेशसँगै लम्कीचुहा नगरपालिका–३ का २३ वर्षीय महेश रावल, २० वर्षीय धिरज भन्ने दीपेन्द्र शाही, २० वर्षीय आर्यन देवकोटा, १९ वर्षीय मदन शाही, लम्कीचुहा–१ का २२ वर्षीय कपिल श्रेष्ठ, १८ वर्षीय निशान्त मल्ल, टीकापुर नगरपालिका–१ का २३ वर्षीय प्रविण रिमाल, बर्दियाको राजापुर नगरपालिका–७ घर भएर टीकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र टीकपुरकै २५ वर्षीय सोहन शाहलाई कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका

प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

त्यस्तै लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का, बर्दगोरिया गाउँपालिका–२ बस्ने २५ वर्षीय लोकेन्द्र कुँवर र बर्दियाको ठाकुरबाबा नगपालिका–३ बस्ने २६ वर्षीय सन्तोष भन्ने सविनजंग शाही भने धरौटी बुुझाएर तारेखमा छुुटेका छन् ।

उनीहरु तीन जनामाथि बडुुवालको ह’त्याका अभियुुक्तहरुलाई सघाएको (म’ति’या’र) आ’रोपमा जिल्ला सरकारी वकिल कार्यालयले मु’द्दा चलाएको थियो ।

बडुवाल हत्या प्रकरणमा फरार रहेका अन्य ९ जनाको बारेमा भने अदालत तत्काल केही नबोलेको प्रहरी नायब उपरीक्षक जोशीले बताए ।

लम्कीचुहाका बडुुवालको गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो । लम्की, टीकापुर र चिसापानी क्षेत्रमा युुवाहरुको समूह बनाएर अ’प’रा’धि’क गतिविधिमा संलग्न नवीन रावल र जयन्द्र शाहको समूूहबीच आपसी झ’ग’डा’का कारण बडुुवालको ह’त्या भएको प्रहरीले निष्कर्ष निकालेको थियो ।

घ’ट’ना’मा संलग्न रावल र शाहसहितका अन्य ९ जना अझै फरार छन् । अनलाइन खबर बाट

२०७८ मंसिर २५, शनिबार ००:५४ 1 Minute 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।