२०७९ आश्विन २१
  • काठमाडौँ

चिहानबाट साथीको लाश निकाले, बाइकमा राखेर पुरै शहर घुमाए

काठमाडौं । दक्षिण अमेरिकी देश इक्वाडोरमा मानिसहरु त्यतिबेला आश्चर्यमा परे जब एउटा समूहले आफ्ना एक साथीको ला,श मोडरसाइकलमा लिएर सहर घुमिरहेको देखियो ।

यी साथीहरुले आफ्ना साथीको ला,श चि,हान खनेर बाहिर निकाले । त्यसपछि लाशलाई मोटरसाइकलमा राखे र सडकमा घुम्न निस्किए । यो दृश्य देख्ने जो कोही आश्चर्यमा परे ।

डेलीस्टारको रिपोर्टअनुसार २१ वर्षका एरिक सडेनो नामका युवकको हालै मृ,त्यु भएको थियो । त्यतिबेला एरिकका साथीहरु उनको अन्तिम संस्कारमा आउन पाएका थिएनन् । मृतक एरिक सडेनोलाई बाइक राइड निकै मन पर्थ्यो । यही कारण उनका साथीहरुले यस्तो विचित्रको काम गरे ।

उनीहरुले एरिकको शव चिहान खनेर निकाले र उनको बाइक राइडको चाहना पूरा गरे । यसो गर्नको लागि मृ,तकका परिवारको अनुमति लिइएको थियो । श,वलाई बाइकमा राखेर राइड गराइयो । मानिसहरुले यसको फोटो र भिडियो खिचे ।

रिपोर्टका अनुसार सडकमा करिब ७ जनाको एक समूह बाइकमा ला,श लिएर सडकमा निस्किएका थिए । एउटा बाइकमा तीन जना बसेका थिए । उनीहरुको बीचमा श,व राखिएको थियो ।

यी साथीहरुले आफ्ना म,रेका साथीको अन्तिम इच्छा पूरा गरिरहेका थिए । उनीहरुले चिहानमा म,दिरा पनि छर्किएका थिए । स्थानीय मिडियाका अनुसार इक्वाडोरमा यस प्रकारको यो पहिलो घटना हो । कोरोना संकटका बीच यसरी लाश निकालेर सार्वजनिक रुपमा घुमेकोप्रति प्रश्नहरु पनि उठेका छन् ।

२०७८ मंसिर २४, शुक्रबार ००:०१ 0 Minutes 413 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।