२०७९ आश्विन २१
  • काठमाडौँ

भारतको चिफ अफ डिफेन्स स्टाफ रावतको मृत्यु भएपछि पाकिस्तानी सेनाले के भन्यो?

भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपीन रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। रावतसहित उनकी श्रीमती मधुलिका रावतको पनि निधन भएको भारतीय रक्षामन्त्री राजनाथ सिंहले जानकारी दिएका छन्।

रावको मृत्युपछि पाकिस्तानी सेनाले एक ट्विट गर्दै दुख व्यक्त गरेको छ। पाकिस्तानी सनोले आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट ट्विट गर्दै भनेको छ, ‘जनरल नदीम रजा, जनरल कमर वाजेद बाजवा र सिओएएस (चीफ अफ द आर्मी स्टाफ) भारतमा भएको हेलिकप्टर दुर्घटनामा सीडीएस जनरल विपिन रावत, उनकी श्रीमती र अन्य मानिसहरुको दुर्भाग्यपूर्ण मृत्यसबारे आफ्नो समवेदना प्रकट गर्दछौं।’

पाकिस्तानका सारा व्यक्तिहरुले पनि सिडिएस रावतको मृत्युबारे दुख व्यक्त गरिरहेका छन्। कतिपय व्यक्तिले रावतको मृत्युको खबरले स्तब्ध बनाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

को हुन् विपिन रावत? दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको स्थाल सेनाध्यक्ष हुँदा विसं २०७३ चैत १६ गते नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी दिएकी थिइन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले रावतलाई भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनाएका थिए। उनले भारतीय सेनालगायत अन्य सुरक्षा फौजको नेतृत्व गर्दै आएका थिए।

भारतको उत्तराखण्डस्थित गढवाल जिल्लाको पाउरीमा जन्मिएका रावत भारतको ६ औं स्थल सेनाध्यक्ष भएका थिए। लेफ्टिनेन्ट जनरल लक्षुसिंह रावतका छोरा विपीन आफ्ना पिताले सेवा गरेको ११ गोर्खा राइफलको पाँचौं बटालियनमा सन् १९७८ को १६ डिसेम्बरमा सैन्य सेवामा प्रवेश गरेका थिए।

रावतले देहरादुन, सिमलाको भारतीय सैन्य एकेडेमीमा अध्ययन गरेका थिए। चिनियाँ जनमुक्ति सेनासँग लडेका र अमेरिकामा पढेका रावत सैन्य सञ्चार रणनीतिका विज्ञ हुन्। रावतले अमेरिकामा उच्च शिक्षा हासिल गरेका थिए।

सैन्य सञ्चार रणनीतिको अनुन्धानमा चौधरी चरणसिंह विश्वविद्यालय मेरुतबाट दर्शनमा विद्यावारिधि रावतले कंगोमा शान्ति स्थापना गर्न, चीनसँगको लडाइँ, भारतको मणिपुरमा क्रियासिल पृथकतावादीसँगको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

आफ्नो सैन्य जीवनमा रावतले थुप्रै पुरस्कार पनि प्राप्त गरेका छन्। उच्च हिमाली क्षेत्रको लडाइँ लड्न सिपालु थिए। भारतीय स्थल सेनाध्यक्ष दलवीर सिंहले अवकास पाएपछि रावतले भारतीय स्थल सेनाध्यक्षको जिम्मेवारी पाएका थिए।

सन् २०१६ को जनवरी १ देखि दक्षिण कमान्डको प्रमुख भएर काम गरेका रावत सन् २०१६ को सेप्टेम्बर १ देखि उपप्रधानसेनापतिको हैसियतमा काम गर्दै आएका थिए। एन्टी विशिष्ट सेवा, युद्ध सेवा, सेना र विशिष्ट सेवा मेडल प्राप्त गरेका रावतले सन् १९८६ मा सुम्डुरोगं चु उपत्यकामा तत्कालीन महासेनानीको हैसियतमा चिनियाँ जनमुक्ति सेनाविरुद्ध ल’डाइँ ल’डेका थिए।

२०७८ मंसिर २३, बिहीबार ०९:४४ 1 Minute 534 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।