२०७९ आश्विन २१
  • काठमाडौँ

यी हुन् हेलिकप्टर दुर्घटनामा जीवीतै फेला परेका एकमात्र व्यक्ति

काठमाडौँ । भारतीय बायु सेनाको हेलिकप्टर दु,र्घटना हुँदा १३ जनाको मृ,त्यु भएको छ भने एक जना जीवितै रहेका छन्।

भारतीय संचार माध्यमहरुका अनुसार भारतका चिफ अफ डिफेन्स स्टाफ (CDS) विपिन रावतसहित १४ जना सवार सेनाको हेलिकप्टर बुधबार दिउँसो तमिलनाडुको कुन्नूरमा दु,र्घटना भएको थियो।

दुर्घटनामा रावतकी पत्नीसहित १३ जनाको मृ,त्यु भएको छ हेलिकप्टर चालक क्याप्टेन वरुण सिंहको जीवितै उद्धार गरिएको छ। आजतकका अनुसार दु,र्घटनामा एक मात्र बाँचेका क्याप्टे सिंहलाई वेलिंग्टनको सैन्य अस्पतालमा भर्ना गरिएको छ ।

भारतीय वायु सेनाले दु,र्घटनाको कारण पत्ता लगाउन भन्दै छानबिन गर्न आदेश दिएको छ ।

को हुन् विपिन रावत?

दर्शनशास्त्रमा विद्यावारिधि गरेका विपिन रावत नेपाली सेनाका मानार्थ महारथी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको स्थाल सेनाध्यक्ष हुँदा विसं २०७३ चैत १६ गते नेपाली सेनाको मानार्थ सेनाध्यक्षको दर्ज्यानी दिएकी थिइन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले रावतलाई भारतको चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बनाएका थिए। उनले भारतीय सेनालगायत अन्य सुरक्षा फौजको नेतृत्व गर्दै आएका थिए।

भारतको उत्तराखण्डस्थित गढवाल जिल्लाको पाउरीमा जन्मिएका रावत भारतको ६ औं स्थल सेनाध्यक्ष भएका थिए। लेफ्टिनेन्ट जनरल लक्षुसिंह रावतका छोरा विपीन आफ्ना पिताले सेवा गरेको ११ गोर्खा राइफलको पाँचौं बटालियनमा सन् १९७८ को १६ डिसेम्बरमा सैन्य सेवामा प्रवेश गरेका थिए।

रावतले देहरादुन, सिमलाको भारतीय सैन्य एकेडेमीमा अध्ययन गरेका थिए। चिनियाँ जनमुक्ति सेनासँग लडेका र अमेरिकामा पढेका रावत सैन्य सञ्चार रणनीतिका विज्ञ हुन्। रावतले अमेरिकामा उच्च शिक्षा हासिल गरेका थिए।

सैन्य सञ्चार रणनीतिको अनुन्धानमा चौधरी चरणसिंह विश्वविद्यालय मेरुतबाट दर्शनमा विद्यावारिधि रावतले कंगोमा शान्ति स्थापना गर्न, चीनसँगको लडाइँ, भारतको मणिपुरमा क्रियासिल पृथकतावादीसँगको लडाइँमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

२०७८ मंसिर २२, बुधबार १६:०० 1 Minute 617 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।