२०७९ आश्विन २२
  • काठमाडौँ

राजा र नेतामा के फरक छ ? हिमानी शाह

काठमाडौ : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । तर महाधिवेशनमा भएको पराजित र विजयबारे विभिन्न टिप्पणी भइरहेको छ । पछिल्लो समय अध्यक्षमा पराजित कमल थापा र पूर्वयुवराज्ञी हिमानी शाहबीच सामाजिक संञ्जालमा जुहारी नै चल्दै आएको छ । कमल थापाले

हिमानी शाहलाई ट्वीटरमा ट्याग गर्दै अब चाँडै राजसंस्था पुनःस्थापना हुन्छ भन्दै टिका-टिप्पणीहरु गर्दै आएका छन् । यतिबेला हिमानी शाहका राजनैतिक विचारहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् । यस्तै हिमानी शाहले ‘राजा र नेतामा के फरक छ ?’ भन्दै ट्वीट गरेको भाइरल बनेको छ । उनले लेखेकी छिन्, ‘राजा र नेतामा के

फरक छ ? भन्नेहरुले ज्ञानेन्द्र र कमल थापालाई हेरे पुग्छ, गद्दी छोड्दा बर्बराएनन राजा तर नेता कमल थापाले सन्तुलन गुमाए झै गरी सके ।’ हिमानी शाहले राजेन्द्र लिङ्देन विजयीपछि विभिन्न विचारहरु राख्दै आएकी छिन् । राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका लिङ्देन पार्टीको एकता

महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् । पार्टी अध्यक्षमा राजेन्द्र लिङ्देनसंग पराजित भएका कमल थापाले आफ्नो पराजयमा निर्मल निवसको नाङ्गो हस्तक्षेप भएको भन्दै पूर्व राजा ज्ञानेन्द्र खुबै आलोचना गरेका थिए । त्यसपछि सामाजिक संञ्जालमा वाक युद्ध नै सुरु भयो ।

बधाई दिने क्रममा हिमानी शाहले ट्वीट गर्दै अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनले अवसरवाद, नातावाद, कृपावाद को अन्त्य गर्न सफल भएको र मुलुकले राष्ट्रवादी नेता पाउन सफल भएको भन्दै बधाई दिएकी थिइन् । त्यो कुरा पराजय भएका कमल थापालाई असह्य भयो र रि ट्वीट गर्दै हिमानी शाहलाई मेन्सन गर्दै आक्रोशीत

रुपमा अब चाँडै राजसंस्था पुनःस्थापना हुने भयो, हिमानी शाहलाई हार्दिक बधाई एवं शुभकामना लेखेका थिए । यता तत्कालीन राप्रपा अध्यक्ष कमल थापा पराजित भएपछि लिङ्देनको जीतमा प्रयाजसो व्यक्ति खुशी छन् । हुनत कमल थापा आफ्नो पार्टीको लागि नलडेका

भने हैनन् तर उनको केही अस्वभाविक गतिविधीले महाधिवेशनभित्र किचलो जस्तै बनायो र नेतृत्वको तय गर्ने क्षमता उनमा कमजोर बन्दै गयो । एकअर्कालाई टिकाटिप्पणी गर्न खपिस नेताहरु अहिले सामाजिक सञ्जाल मार्फत एकआपसमा जुधिरहेका छन् ।

२०७८ मंसिर २२, बुधबार १२:१८ 1 Minute 279 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।