
काठमाडौ । विवाहमा वाजा बजाउन गएका एक जनाको मृ`त्यु भएको छ । साने भनेर चिनिने रामेछापका रामबहादुर दमाईको मृ`त्यु भएको हो ।
उनी बिजुलीकोटको साविकको वडा नं ९ स्थित चोप्राङ खोलामा मृ त भेटि`एका हुन् । इलाका प्रहरी कार्यालय धोवी खोलाका प्रहरी निरीक्षक सोनु कुमारले घ`टना पुष्टि गर्दै प्रहरी घ`टनास्थलमा पुगेको जानकारी दिएका छन् ।
‘उहाँ मृ`त फेला पर्नुभयो । उहाँलाई माथि निकाल्ने काम भइरहेको छ । घ`टनाको सत्यत´थ्य छानबिन हामी गर्छौं,’ कुमारले भने । रामबहादुर लिखु गाउँपालिका ४ को जेति भन्ने ठाउँका ७१ वर्षे साने बिहेमा बाजा बजाउन भनेर सात दिनअघि घरबाट निस्केका थिए ।
परिवारका अनुसार राम बहादुरलाई स्थानीय तिलक दर्जीले बिहेमा बाजा बजाउन लिएर गएका थिए । त्यसपछि बे`प`त्ता बनेका उनी आज मृ`त फे`ला परेका हुन् । राम बहादुरका परिवारले गएको १४ गते नै प्रहरीमा उजु`री गरेका थिए । ताजा खबर बाट