
एजेन्सी । चिनियाँ मौसमविदहरु मौसम नियन्त्रण गर्न सफल भएका छन्। मौसम अधिकारीहरुले सफलतापूर्वक चीनको मौसम नियन्त्रण गरेको खुलासा भएको छ।
एक राजनीतिक समारोहका लागि मौसम खराब नहोस् भनी उनीहरुले आकाशको बादल हटाएको एक एक अध्ययनले खुलासा गरेको हो।
यस वर्षको जुलाई १ मा चिनियाँ कम्युनिष्ट पार्टीले मुख्य राजनीतिक समारोह आयोजना गरेको थियो। तियनामेन स्क्वायरमा आयोजित सो समारोहमा १० हजारभन्दा बढी मानिसहरु सहभागी बनेका थिए।
मौसम खराबीका कारण सो समारोह नबिथोलियोस् भनी आकाश सफा बनाउन त्यहाँको मौसम नियन्त्रणमा राखिएको बेइजिङ युनिभर्सिटीको एक अध्ययनले पुष्टि गरेको छ।
सिंघाउ युनिभर्सिटीको अध्ययनअनुसार समारोह सुरु हुनुभन्दा एकघण्टा अघि नै मौसमविद्हरुले सो क्षेत्रको बादल अन्यत्र पठाएका थिए।
सो समारोहमा मौसम खराब हुनबाट रोक्न मौसमविदहरु सफल भएका थिए। चीन सरकारले क्लाउड सिडिङ टेक्नोलोजिबाट मौसम नियन्त्रण गर्ने गरेको बताइएको छ। खबरबिहानी बाट