२०७९ असार १५
  • काठमाडौँ

विक्कीसहित चार जनालाई जन्मकैदको फैसला को हुन ! यी बिक्की ?

दाङ तुल्सिपुर / दुई बर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर वलीको ह’त्या अभि’योगमा पक्राउ परेका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई ज’न्मकै’दको फैसला सुनाइएको छ ।

दाङ देउखुरी जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले शनिबार विवेकसिंह ठकुरी (विक्की), सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई ज’न्मकै’दको सजाय सुनाएको हो ।

उनीहरुमाथि २०७६ साल असार २८ गते उरहरीमा खु’कु’री प्र,हार गरि वलीको ह’त्या गरेको अभियोग लागेको थियो । सोही घ’ट’ना’मा संलग्न शुभम मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ बर्ष कैद सजाय सुनाइएको छ ।

विक्कीले यस अघि पनि गो’ली प्र,हार गरि एक व्यक्तिको ह’त्या गरेका थिए । उनले २०६९ मंसिर ३० गते दाङको मोतिपुरका जितबहादुर चौधरीमथि गो’ली प्र’हार गरि ह’त्या गरेपनि त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले उनलाई अदालतले सु’धारगृह पठाएको थियो । तुल्सीपुर अनलाइन बाट

२०७८ मंसिर २१, मंगलवार ०९:४३ 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार