२०७९ आश्विन २१
  • काठमाडौँ

स्पेनमा रहेको मेसीको होटल तत्काल भत्का’उन अदालतको आदेश !

एजेन्सी : अर्जे’न्टिनी फुटबल स्टार लियोनल मेसीको स्पेनमा रहेको चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ ।
डेली मेलका अनुसार मापद’ण्डविपरित होटल बनाएको भन्दै
अत्याधु’निक सुविधासम्पन्न होटल मिम सिट’गेशलाई अदालतले

तत्काल भत्का’उन आदेश दिएको हो । उक्त होटेल २६ मिलियन पाउण्ड लगानीमा बनेको छ । मेसीले यो होटेल सन् २०१७ मा म्या’जेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए । ७७ वटा कोठा रहेको यो होटल बार्सि’लोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ ।

थप समाचार : भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सा’र जाँचचौकी (आईसीपी)स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी स’मन्वयको काम थालेको छ ।

मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधन’गरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आई’सीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जानकारी दिए ।

आईसीपीको रेल स्टेसनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल सुरु गरिएको हो । मन्त्रालयका प्रवक्ता रेग्मीले नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाहा–कटहरी १८.६ किलोमिटरको दूरी उल्लेख छ ।

भारतीय पक्षले निर्माण सम्पन्न भइसकेको क्षेत्रलाई प्रयोगमा ल्याउन दिएर बाँकी क्षेत्र निर्माण गर्ने सहमति दिए आगामी नौ महिनाभित्रमा आईसीपीसम्म कार्गो रेल ल्याउन सकिने विज्ञले सुझाव दिएका छन् ।

१८.६ किलोमिटरमध्ये निर्माण सकिएको सात किलोमिटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेसनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको सात किलोमिटरमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण भइसकेको छ । एसियाली विकास बैङ्कका परामर्शदाता

श्याम दाहाल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्व सहसचिव रविशङ्कर सैँजूले गत जुलाई–अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल ल्याउन सक्ने सम्भावना रहेको सुझाव दिनुभएको थियो । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिन थालेको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

२०७८ मंसिर २१, मंगलवार ०४:२९ 0 Minutes 185 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।