२०७९ असार १८
  • काठमाडौँ

विश्व बैंकले भन्यो- ‘नेपालमा संघीयताले खर्च बढ्यो, निर्यात र रोजगारी सिर्जना गर्नुपर्यो’

काठमाडौं । विश्व बैंकले नेपालमा संघीयताका कारण सार्वजनिक खर्च बढेकोमा चिन्ता व्यक्त गरेको छ । सोमबार सार्वजनिक खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले नेपालमा संघीयताका कारण खर्च बढेको औँल्याएको हो ।

प्रतिवेदनमा संघीयताका कारण जनताको घर–दैलोसम्म सेवा पुगे पनि सार्वजनिक खर्च अत्याधिक बढेको देखाइएको छ । संघीयताकै कारण मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीचमा कोरोना भाइरसको महामारीका कारण झन् खर्च बढेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनले निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्नुपर्ने पनि सुझाव दिएको छ । न्युज24 बाट

२०७८ मंसिर २१, मंगलवार ००:२७ 0 Minutes 154 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।