
एजेन्सी, २० मङ्सिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दो’षी ठ’ह’र गर्दै जे’ल सजाय सुनाएको हो।
उनीमाथि सेनाले भ्र,ष्टा’चार गरेको, गै’रकानुनी रूपमा वाकीटकी राखेकोलगायत धेरै आरोप लगाएको छ। उनीमाथि लागेका सबै अभियोगमा अदालतले उनलाई दो’षी ठह¥र्याए उनले आजीवन काराबासको सजाय पाउने देखिन्छ।
गत वर्ष फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने बन्द कोठाभित्र उनको मु’द्दाको सुनुवाइ भएको थि¥यो। उनले आफूमाथि लगाएको सम्पूर्ण आरोपलाई अस्वीकार गरेकी छिन् ।
सैनिक कूभन्दा केही महिनाअघि गत वर्षको नोभेम्बरमा भएको आम निर्वाचनमा धाँधली भएको भन्दै सेनाले आफूले निष्पक्ष चुनाव गराउने बताएको थियो। उक्त चुनावमा सुकीको नेश्नल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो।