
सुनसरीको देवानगन्ज इलाका प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानकी पत्नी मृ`तावस्थामा फेला परेकी छन् । शुक्रबार दिउँसो सो कार्यालयमा कार्यरत प्रहरी जवान अनिश पौडेलकी २३ वर्षीया श्रीमती सन्ध्या पौडेल कार्यालयको बाथरुमभित्र पा`सो लागेको अवस्थामा मृ`त भेटिएकी हुन् ।
अनिश सोही कार्यालयमा प्रहरी जवान पदमा कार्यरत थिए । सन्ध्या भने कार्यालय छेउको घरमा भाडामा बस्दै आएकी थिइन् । कोठा भाडामा बसेपछि प्रायः दिउँसोखेर पतिको कपडा धुन प्रहरी कार्यालयकै बाथरुममा पुग्नेगरेकी उनी शुक्रबार दिउँसो झु`ण्डि`एको अवस्थामा मृ`त फे`ला परेकी हुन् ।
उनी सलको पा`सो लगाएको अवस्थामा मृ`त भेटिएको देवानगन्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बद्रीप्रसाद दाहालले बताए । उनका अनुसार अनिश फुटबल खेल्न बाहिर गएको अवस्थामा सन्ध्या कपडा धुन बाथरुमभित्र पसेकी थिइन् ।
फुटबल खेलेर फर्किएपछि अनिशले नै सन्ध्यालाई बा`थ`रुमभित्र मृ`तावस्थामा फे`ला पारेको दाहालले जानकारी दिए । पा`सो लगाएको अ`वस्थामा भेटिएका कारण उनले आ`त्मह`त्या गरेको हुन सक्ने दाहालले जानकारी दिए । उनका अनुसार श`व पो`स्टमा`र्टमका लागि जिल्ला अ`स्पताल इनरुवा लगिएको छ ।
इटहरी उपमहानगरपालिका–७ बस्ने अनिश र इलामको सुर्योदय नगरपालिका–१३ की सन्ध्याबीच दुई वर्षअगाडि मात्र विवाह भएको थिए । तर उनी ११ दिनअघि मात्र देवानगन्ज गाउँपालिका–२ को पुरानो इलाका प्रहरी कार्यालयको छेउमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अनिश र सन्ध्याको १४ महिनाकी एक छोरीसमेत छिन् । केटिएम दैनिक बाट