२०७९ असार १४
  • काठमाडौँ

जर्मनीमा आयोजित “च्याम्पियन मास्टर २०२१” मा सुनिलले ३ विधामा प्रथम स्थान हासिल गरे

काठमाडौं । मार्सल आर्ट इन्टरनेश्नल जर्मनीको आयोजनामा सम्पन्न “च्याम्पेन मास्टर २०२१” प्रतियोगितामा नेपाली मुलका मास्टर सुनिल शाक्यले ३ विधामा प्रथम स्थान हात पारेका छन् ।

विभिन्न राष्ट्रका ८० भन्दा वढी मास्टरहरुको सहभागीता रहेको सुनिलले तेक्वोन्दो पूम्से, शोर्ट वेपोंस र लोङ्ग वेपोंसमा उत्कृष्ट प्रदर्शन गर्दै तीनै वटा विधामा प्रथम स्थान स्थान हात पारेका हुन् ।

मास्टर सुनिल नेपाल कुङ्फु संघका सस्थापक हुन् भने हाल उनी अमेरिकामा बस्दै आएका छन् । मार्सल आर्ट यु स ए का मुख्य प्रशिक्षक मास्टर सुनिल शाक्य युनाईटेड स्टेट कुङ्फु इन्टर नेस्नलका सस्थापक पनि हुन्।

उहाँले मार्शल आर्टसमा पुराउनु भएको योगदानको कदर गर्दै उहाँलाई “मार्सल आर्ट्स गत सुपर स्टार २०२१ र इन्तार्नास्नल मार्सल आर्ट्स अवार्ड २०२१” को लागि पनि मनोनित गरिएको छ। न्युज24

२०७८ मंसिर २०, सोमबार ०६:२२ 0 Minutes 103 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार