२०७९ असार १८
  • काठमाडौँ

सापटी भनेर साथीबाट लिइएको ११ हजार रिंगेट लिएर कविन्द्र यादव मलेसियामा फरार। खोजिगर्न पीडित को आग्रह

क्वालालम्पुर (मलेसिया):= मलेसियाको एक कम्पनीमा काम गर्दै आएका एकजना नेपाली श्रमिकले आफ्नै साथीहरुबाट पैसा ठ’गी गरि फ’रा’र भएका,सम्पर्क बिहिन भएका छ्न।

बिगत ६ बर्षदेखी मलेसियाको पेटालिङ्गजाया सेलाङ्गरमा अवस्थित सिग्नेचर म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( SIGNATURE MANUFACTURING SDN . BHD . Lot 24 , Jalan Teknologi . Taman Sains Selangor , 47810 Petaling Jaya , Selangor ) नामक कम्पनीमा काम गर्दै आएका नेपाल ठेगाना धनुषा जिल्ला निवासी कविन्द्र यादवले मलेसिया रिंगेट आरएम ११,००० / नेपाली रु .३ लाख ८ हजार पैसा लिएर फ’रा’र भएका हुन्।

कविन्द्रले सापटी भनेर लगेको पैसा लिएर फ’रा’र भएपछि पैसा दिनेवाला पी’डि’त बनेका छन्। पी’डितले कविन्द्रलाई खोजी गरि आवश्यक का’र’वा’ही गरिपाँउ भनेर मलेसिया स्थित नेपाली राजदूतावासमा निवेदन पेश गरेका छ्न।

उक्त निवेदनमा लेखिएको छ , उक्त कम्पनीमा म लगायत अन्य ३ जना व्यक्ति पनि सोही कम्पनीमा कार्यरत थियो । धेरै वर्ष देखि सगै काम गरेकोले हामीहरुमा एक अर्का प्रति विश्वासको वातावरण हुँदै गयो । विभिन्न समयमा हामीहरु पालैपालो गरेर पैसा सापटी लिने / दिने गर्दथ्यो ।

गत महिना निज कविन्द्र यादवले श्रीमति बिरामी भएको बहाना बनाएर म लगायत अन्य साथीहरु सापटी भनेर आर.एम. ११,००० / – लिएको थियो । निज कविन्द्र यादव २ दिन देखि सम्पर्क विहिन भएको हुँदा निजको खोजतलास गरी दो’षी’लाई का’र’वा’ही गरी पाउँ भनी श्रीमान् समक्ष यो निवेदन पेश गर्दछु ।’

निवेदक : कमल कुमार पुरी सिम्पानी -८ , दिहिगाउँ खोटाङ्ग फोन नम्बर : +६०११-२१३०७३८७ । मलायखबर

२०७८ मंसिर २०, सोमबार ००:४२ 1 Minute 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।