२०७९ आश्विन १४
  • काठमाडौँ

स्रोत नखुलेको साढे ६९ लाखसहित बिइङ ह्युमन कपडा पसलका म्यानेजर पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरीले काठमाडौंको दरबारमार्गस्थित बिइङ ह्युमन कपडा पसलका म्यानेजर हिरोसी खनाललाई स्रोत नखुलेको ६९ लाख ५० हजार नगदसहित प,क्राउ गरेको हो ।

स्रोत नखुलेको रकम लुकाएर राखेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले म्यानेजर खनाललाई पक्रा गरेको थियो ।

अहिले उनलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ। न्युज 24 बाट

२०७८ मंसिर २०, सोमबार ००:२५ 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।