२०७९ आश्विन २१
  • काठमाडौँ

आफ्नै उपमेयरलाई पराजित गर्दै नगरपालिकाकी कर्मचारी बनिन् कांग्रेसको प्रदेश कमिटी सदस्य

मंसिर १९, सल्यान । सल्यानको शारदा नगरपालिकाकी एकजना कर्मचारी नेपाली कांग्रेस कर्णाली प्रदेशको कार्यसमिति सदस्यमा निर्वाचित भएकी छन् ।

शारदा नगरपालिकाको उपमेयरलाई जिल्ला कमिटीको अधिबेशनमा पराजित गर्दै अघि बढेकी नगरपालिकाकी कर्मचारी सीता मल्ल नेपाली कांग्रेसको कर्णाली प्रदेश कमिटी अधिबेशन बाट पनि प्रदेश कमिटी सदस्यमा निर्वाचित भएकी हुन ।

नगरपालिकामा फोहोर मैला व्यवस्थापन शाखामा खरिदार सरहको करार कर्मचारीमा कार्यरत सीता मल्ल गिरी कांग्रेस कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट खसआर्य महिलामा सदस्यमा निर्वाचित भएकी हुन् ।

उनले सर्बाधिक ६ सय १५ मत ल्याएर बिजयी भएकी हुन । उनको नाम दुबै समुहबाट थियो। उनी जिल्लामा संस्थापन इतरको रामचन्द्र पौडेल समुहमा छिन। तर प्रदेशमा दुबै समुह (देउवा र रामचन्द्र समुह)ले मल्लको नाम राखेपछी उनले निर्वाचन जितेकी हुन ।

मल्लको नाम आफ्नो समुहमा राखिएको भन्दै सल्यानका संस्थापन समुहका नेता तथा कार्यकर्ताहरुले नेतृत्वको चर्को आलोचना गरेका थिए । देउवा समुहबाट पहिला यही कोटामा समावेश भएकी उषा राणाले जिल्लाका माथिल्लो तहका नेताले आफ्नो नाम हटाएको भन्दै फेसबुकमा स्टाटस समेत लेखेकी छन् ।

सरकारी वेतनधारी कार्मचारी दलको सदस्य नबनाउन निर्वाचन आयोगले सचेत गराइरहेको बेला बहालवाला उपमेयरलाई सोहि नगरपालिकाकि कर्मचारीले पराजित गरेर कांग्रेसको प्रदेश कमिटी सदस्य बनेकी हुन ।

मल्लले यसअघि जिल्लामा भएको निर्वाचनमा आफू कार्यरत शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतलाई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हराएकी थिइन् । नयाँ दृस्ठि बाट साभार

२०७८ मंसिर १९, आईतवार १४:४१ 0 Minutes 160 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।