२०७९ असार १८
  • काठमाडौँ

हेलिकोप्टर चार्टर्ड गरेर छोराको विवाह, गाउँले परे दंग

रासस | बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गर्नुभएको छ । जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुुनुुहुन्छ ।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गर्नुभएको थियो । बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो ।

हेलिकोप्टरका लागि जोगीले रु. तीन लाख ८० हजार तिरेर चार्टर्ड गर्नुभएको थियो । छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताउनुभयो । “विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो”, बेहुलाका बुवा जोगीले भन्नुभयो,

“बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैप¥यो ।” उहाँले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताउनुभयो । छोराको बिहेमा हेलिकोप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उहाँले बताउनुभयो ।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताउनुभयो । “हेलिकोप्टर चढ्ने इच्छा थियो, बिर्जुले भन्नुभयो, बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो ।”

२०७८ मंसिर १९, आईतवार १३:५४ 0 Minutes 133 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।