२०७९ आश्विन २१
  • काठमाडौँ

पुर्ख्यौली पाँचथर, जन्म मदन भण्डारीको गाउँ ढुंगेसाँघु र राजनीति झापाबाट गरेका लिङ्देनको नालीबेली

काठमाडौं । पछिल्लो समय नेपाली राजनीति र नेपाली जनतामाझ राजेन्द्र लिङ्देनको नाम चर्चामा रह्यो । यसअघि पनि उनी चर्चामा नआएका भने होइनन् । २०७४ सालको निर्वाचनमा मुलुकभरबाट राप्रपाको तर्फबाट सांसद बन्ने उनी मात्रै थिए त्यो बेला उनी चर्चामा आएका थिए । सो क्रममा उनले झापाबाट नेपाली काँग्रेसमा प्रभावसाली नेता कृष्ण प्रसाद सिटौलालाई फराकिलो मतान्तरले पराजित गरेका थिए ।

राप्रपाको यसअघिको कार्यकालमा महामन्त्री बनेका बेला बरु उनलाई त्यति धेरैले चिनेका थिएनन। राप्रपाको जारी एकता महाधिवेशनमा उनी भर्खरै अध्यक्षमा निर्वाचित भएका छन् । निवर्तमान अध्यक्ष कमल थपालाई २२७ मतान्तरले पराजित गरेर राप्रपाको नेतृत्व सम्हाल्न आइपुगेका छन् लिङ्देन ।

लिङ्देनको नालीवेली

२०२२ भदौ २२ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा राजेन्द्रको जन्म भएको थियो । उनको पुर्ख्यौली घर भने पाँचथर हो । उनका बुबा प्रहरी सेवामा कार्यरत भएकाले ढुँगेसाँघु ताप्लेजुङमा उनको जन्म हुन पुग्यो ।

उनलाई तत्कालीन नेकपमा एमालेका महासचिव मदनभण्डारीसँग जन्म स्थानको हिसाबले जोडिँदै आएको छ । किनकी मदनभण्डारीकै गाउँमा उनी जन्मिएका हुन् ।

उनको जन्म ताप्लेजुङ, पुर्ख्यौली गाउँ पाँचथर भएपनि उनको कर्मभूमि भने झापा भयो । उनको राजनीतिको विजारोपण पनि झापाबाटै भएको थियो ।

२०३६ सालमामा सानो उमेरबाटै राजनीतिमा होमिएका राजेन्द्र लिङ्देन झापामा विद्यार्थी कालबाटै चर्चित थिए । उनी त्यो बेला राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा अबद्ध थिए ।

पहिलेबाटै उनका राजनीतिक नेता भने कमल थापा नै थिए । किनकी उनी राजनीतिमा प्रवेश गर्दै गर्दा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको अध्यक्ष कमल थापा हुन् । पछि उनी आबद्ध विद्यार्थी संगठन विघटन भयो ।

त्यसपछि राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बनाइएको थियो, जसको संस्थापक अध्यक्ष नै लिङ्देन बने । त्यसपछि लिङ्देन २०४९ सालको स्थानीय निर्वाचनमा झापाको गोलधापमा वडाध्यक्ष निर्वाचित भएका थिए । उनी २०५४ सालको स्थानीय निर्वाचनमा पनि वडाध्यक्षमा पुन: निर्वाचित भए ।

लिङ्देन त्यसअघि २०४७ सालमै झापा राप्रपाको पार्टी सचिव भइसकेका थिए । त्यसैकाे हैसियतमा वडाध्यक्ष निर्वाचित भए । उनी २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमासमते बनेका लिङदेन २०५६ सालको संसदीय चुनावमा झापा क्षेत्र नं ३ मा पराजित भएका थिए । त्यो बेला उनले तेश्रो स्थानको मत पाएका थिए ।

त्यसपछि २०६६ सालमा लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य बनेका थिए । २०७० मा लिङ्देन राप्रपाको महामन्त्री बनेका थिए ।

त्यस्तै लिङदेन २०७० सालको चुनावमा दोश्रो हुँदै पराजित हुनुपरेको थियो । त्यो बेला पनि उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलासँग पराजित भएका थिए ।

त्यसपछि उनी २०७४ को निर्वाचनमा विजयी हुँदै राप्रपाको संसदमा साख जोगाउन सफल बनेका थिए । त्यो बेला भने उनले काँग्रेसका सिटौलालाई भारी मतान्तरले पराजित गरेका थिए । उनले ४४ हजार ६१४ मत प्राप्त गरेका थिए ।

उनी आदिवासी लिम्बू जातिका भएपनि जातिय आरक्षणको बिरोधी नेताका रूपमा चिनिदै आएका छन् । पढाइमा अब्बल लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका छन्। न्युज24 बाट

२०७८ मंसिर १९, आईतवार ०३:१० 0 Minutes 137 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।