२०७९ श्रावण ३१
  • काठमाडौँ

यी हुन टिकटकबाट १ करोड कमाउने नेपाली युवती

काठमाडौ : टिकटक यतिबेला सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ । टिकटक एपबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु नै छन् भन्दा तपाईलाई अनौठो लाग्न सक्छ ।

के बुढा, के बच्चा अझै युवा पुस्ता माँझ त टिकटक यति लोकप्रिय बनेको छ कि, कुरै नगरौं । टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने मात्र नभएर पछिल्लो समय टिकटकमा बिकृतिहरु पनि देखिएका छन् । यसैबीच यतिबेला टिकटकबाट कमाउने होडबाजी पनि चलेको छ । के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यही जिज्ञासा पनि छ ।

राजकानी काठमाडौ सतुँगलकी मन्दिरा ढुंगाना दिनमा दुई पटक लाईभ बस्छिन् । उनले आफ्नो दैनिक कमाई र मासिक कमाई पनि मिडियामा देखाईन् । मन्दिराले पैसा कमाएर काठमाडौमा गतिलो घडेरी किनेकी छिन् ।

दु:खीहरुलाई सहयोग गर्न थालेकी छिन् । उनले एक बिरामी बच्चालाई रु ५० हजार दिइन् । धुर्मुस सुन्तली फाउण्डेशन लाईपनि सहयोग दिने बाचा गरेकी छिन् । टिकटकबाटै कमाएर आफूले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन् ।

उनले कमाई हुने ग्यारेण्टी गर्दै आफ्नो कमाईको सूची नै मोबाइलबाट देखाइन् । हेर्दा महिनाको हजार डलरभन्दा माथी नै आइरहेको देखिन्छ । त्यो भनेको एक लाख भन्दा माथी हो ।

टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आईरहँदा सामाजिक भावले मन्दिरा ढुँगाना पनि आएकी छिन् । मन्दिरा आफूले टिकटकबाट अहिलेसम्म एक करोड भन्दा बढि कमाएको बताउँछिन् ।

उनले मैले टिकटक बाट यति रकम कमाए भन्दा सबैको प्रश्न थियो कि कहाँ कमाईन्छ यति धेरै ? उनले आफूले कमाएको पैसा दुखि गरिबको लागि पनि आबश्यक खाने कुरा लत्ताकपडा दिएको बताउछिन् ।

शिशिर भण्डारीको सहायताबाट एक पिडित महिलालाई उनको छोराको लागि मन्दिराले ५० हजार सहयोग गरेको भिडियो पनि देख्न सकिन्छ। अर्को होस्ट अँशुबर्माको बिषयमा पनि मन्दिरा बोलिन् ।

हो टिकटक बाट दैनिक धेरै कमाई हुन्छ ,मेरोलागि म एक टाईम लाइभ बसेको पैसाले मलाई पुगेको छ ,त्यसैले म दिनभरी लाइभ बस्दैन। अँशुबर्मा दिनभरी लाइभ बस्नु हुन्छ मलाई बिश्वास लाग्छ उहाले भने जति पैसा कमाउनु हुन्छ।

उनी काभ्रेपलान्चोकमा जन्मिएकी हुन् । उनका बाबु इन्द्रप्रसाद ढुंगाना र आमा पूर्णमाया ढुंगाना अहिलेपनि काभ्रेमा नै छन् । तर उनी काठमाडौमा बस्छिन् । छोरीको कमाईले बाबु आमा आफन्त सबै चकित बनेका छन् । उनी २२ बर्षकी भएकी छिन् । उनले कक्षा १२ बर्ष मात्र पास गरेकी छिन् । यो भन्दा माथी पढ्न नपाएको उनको भनाई छ ।

२०७८ मंसिर १८, शनिबार १०:२६ 0 Minutes 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।