२०७९ असार १८
  • काठमाडौँ

अब संसदबाट एमसीसी पास गर्न पहल हुन्छः पुष्पा भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले यस पालिको हिउँदे अधिवेशनमा एससीसी पारित गर्न पहलकदमी हुने बताएकी छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि कुरा गर्दै सचेतक भुसालले भनिन्, “एमसीसी आर्थिक समृद्धि र विकाससँग जोडिएको विषय हो । पक्कै पनि यो संसद्को छलफलको विषय हो ।

तर सदनमा कांग्रेसको एकल बहुमत छैन । यसमा अरु दलको सहयोग चाहिन्छ । सरकारको नेतृत्वकर्ता दल कांग्रेसले यसको पहलकदमी गर्छ । सदन प्रारम्भ भएपछि गठबन्धन दल र प्रमुख प्रतिपक्षसँग छलफल र सहकार्य गरेर पास गर्नुपर्छ ।”

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनेबारे कुनै पनि छलफल नभएको उनले बताइन् । उनले भनिन्, “हाम्रो दल र गठबन्धनमा यसलाई लिएर सदनमा लिएर जानेबारे आन्तरिक छलफल भएको छैन । सदनमा कुनै पनि विषय प्रवेश गर्नु अघि

गठबन्धन दल र विपक्षीसँग गम्भीर छलफल गरी प्रक्रियामा जानुपर्छ । त्यो स्थिति बनिसकेको छैन ।”

जनजीविका, महामारीको सन्त्रास छ, विभिन्न कानुन बनाउनुपर्ने बेला विपक्षी दल एमालेले बिना आाधार र तथ्य संसद चल्न दिन्न भन्नु गैरजिम्मेवारीको पराकाष्ठा भएको सचेतक भुसालले बताइन् ।

उनले भनिन्, “दलीय स्वार्थ अनुसार सरकार र संसद्लाई बन्धक बनाउनु उदेकलाग्दो कुरा हो । यसरी त संविधान नै कार्यान्वयन हुन नसक्ने अवस्था आउँछ ।” दैनिक न्युज नेपाल टिभी बाट

२०७८ मंसिर १८, शनिबार १०:१० 0 Minutes 121 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।